Smoking Causes Cancer

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन्।

जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सह -चालक बाग्लुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर किसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

सिंचाई
Forest
Ad.

त्यस्तै सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

गए राती ११:४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडक भन्दा करिब १५० मिटर तल खसेको स्थानीयले बताए ।

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया