Salime Malika Krishi Farm

Awareness Campaign

न्याय सम्पादनलाई प्रभावकारी उपप्रमुखसंग अन्तरक्रिया



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा न्यायिक कार्य, योजना तथा कार्यक्रमको अनुगमन र सुपरिवेक्षण सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ।

बिशेष गरेर स्थानीय तहमा उपप्रमुखहरुलाई न्यायिक कार्य, योजना तथा कार्यक्रमको अनुगमन र सुपरिवेक्षणमा अब्बल बनाउने उद्देश्यले अभिमुखीकरण गरिएको हो । जिल्ला न्यायधिवक्ता खिमानन्द गौतमले न्यायिक समितिको काम, कर्तव्य र अधिकारसहित न्याय सम्पादनका विषयमा जानकारी गराएका थिए ।

त्यस्तै प्रमुख अतिथी समेत रहेका जिल्ला अदालत गुल्मीका न्यायधिश बसन्तराज पौडेलले न्यायिक समितिले न्यायमा विश्वास दिलाउनुपर्नेमा जोड दिए । पौडेलले स्थानीय तहको न्यायिक समितिले न्याय सम्पादनलाई प्रभावकारी बनाएमा न्यायका लागि पीडित प्रहरी र अदालत धाउन नपर्ने बताए ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक नविन किशोर प्रधानले फौजदारी मुद्धा र अपराध, प्रहरी र न्यायिक समितिको सम्बन्ध एवं बिपद्को बिषयमा सहजीकरण गरेका थिए । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय प्रमुख माधव प्रसाद अधिकारी योजना अनुगमन र सुपरिवेक्षणका विषयमा सहजीकरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले न्यायिक समिति, अनुगमन र पञ्जिकणको बिषयमा सहजीकरण गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण खत्रीले न्यायिक समिति, जिल्ला न्याधिवक्ताको कार्यालय र अदालतबिचको अन्तरक्रियाले न्याय सम्पादनमा स्थानीय तहलाई थप विश्वसनीय र छरितो बनाउन टेवा पुग्ने बिश्वास व्यक्त गरे । उनले तीन तहबिचमा योजनाको कार्यान्वय हुँदा हुने अनुगमनका अप्ठ्याराहरु पनि सुन्ने, समस्या समाधानमा उापाय खोज्ने र अन्तरस्थानीय तहबिचमा असल अभ्यास आदान–प्रदान गराउने जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा जिल्ला न्यायधिश बसन्तराज पौडेल, जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण खत्री, उपप्रमुख तेजेन्द्र सलामी, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक नविन किशोर प्रधान लगायत स्थानीय तहका उपप्रमुख, जिल्ला समन्वय सदस्य, पार्टीका महिला नेतृ तथा पत्रकारको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहका उपप्रमुख तथा पार्टीका जिल्ला नेतृहरुले आफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी श्रृजना मिश्रले गरेकी थिइन् ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया