गुल्मी: समाजसेवी कृष्ण प्रसाद सापकोटा मुसिकोटमा सम्मानित हुनुभएको छ।
मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौँणा थुम्का स्थित राधा कृष्ण मन्दिरको २० औँ बार्षिकोत्सवको अवसरमा सापकोटा सम्मानित हुनुभएको हो।
मन्दिरको स्तरोन्नती तथा विविध क्षेत्रमा सहयोग पुर्याएबापत मन्दिर व्यवस्थापन समितिले समाजसेवी सापकोटालाई सम्मान पत्र सहित सम्मान गरेको हो ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता सापकोटा गृह पालिकामा सम्मानित हुनुभएको हो । सापकोटाले उक्त मन्दिरको व्यवस्थापनका लागि नगद रु ७० हजार ५ सय ५५ रुपैयाँ सहयोग समेत उपलब्ध गराउनुभएको थियो ।
मन्दिरको दोश्रो बार्षिकोत्सव तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सापकोटाले प्राचिन सभ्यता र संस्कृति बोकेका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नु सबैको दायित्व भएको बताउनुभयो । धर्मले मानिसलाई ज्ञानी र सदबुद्धी प्रदान गर्ने भन्दै उहाँले धर्मको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा ६ जना चन्दादातालाई समेत सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा ने.रा.मा.वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम खरेल, महिलाबाट पुतली भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी, गुल्मी जिल्ला सदस्य धिरेन्द्र केसी, युवा नेता खगेश्वर सापकोटा, जगदीश पौड्याल, उपसमितिकी महिला सयोंजक ईश्वरा खराल लगायतको उपस्थिति रहेको थियो।
राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव रमेश खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सहसचिव यज्ञलाल खरालले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |