Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी अस्पतालमा मेनेन्जाइटिस र एपेन्डिसाइटिसको उपचार सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परीक्षण गरिएको बालरोग विशेषज्ञ डा. विपीन खनालले बताए । ढाडबाट पानी निकालेर मेनेन्जाइटिसको परिक्षण गरी उपचार थालिएको खनालले बताए । जिल्लामा उक्त सेवा रोग पहिचान र उपचारको लागि पाल्पा वा बुटबल जानुपर्ने अबस्था थियो ।

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ । अस्पतालका एमडिजिपी डाक्टर नरमा छन्त्यालको समुहले गत फागुन ८ गते मालिका गाउँपालिका –३ का ४३ बर्षिय पूर्ण बहादुर घर्तीको एपेन्डिसको सफल शल्यक्रिया गरेको हो । उनलाई फागुन ७ गते भर्ना गरी ११ गते डिस्चार्ज गरिएको थियो । अब गुल्मी अस्पतालमै नियमित एपेन्डिसको शल्यक्रिया हुने डाक्टर छन्त्यालले बताइन् । ४ वर्षदेखि गुल्मी अस्पतालमा एपेण्डिक्सको अप्रेसन बन्द थियो ।

सिंचाई
Forest
Ad.

अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा केही महिनादेखि सञ्चालनमा छ । अस्पताल विकास समितिले एमडी तहको अध्ययन गरेका विशेषज्ञ डक्टरलाई शत प्रतिशत भत्ता उपलब्ध गराएपछि विशेषज्ञ डक्टरहरुमा उत्साह थपिएको छ । साथै हाडजोर्नी विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाले थप भत्ता उपलब्ध गराएको छ । अन्य स्थानीय तहहरुले पनि विशेषज्ञ डक्टरलाई भत्ता उपलब्ध गराउने हो भने विशेषज्ञ सेवाहरु जिल्लामै उपलब्ध गराउने सकिने अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि मेसु डा. राजेन्द्रबहादुर जिसीले आफै ओपिडीमा बसेर बिरामी हेर्ने गरेका छन् । अस्पतालमा हालै मात्र सरुवा भएर मेसुको रुपमा जिम्मेवारी सम्हालेका डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको बताए । अस्पतालमा लामो समयदेखि समस्याका रुपमा रहेको खानेपानी र सरसफाईँको समस्या समाधान पनि हुन थालेको छ ।

अस्पतालमा विगत एक बर्षमा टिकटमा टोकन प्रणाली, बिरामीलाई बस्ने ठाउँको सहजताका प्रतिक्षालय, बीमा र सामाजिक सेवा लिन विरामीहरु अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउण्टर नजिकै बीमा र सामाजिक सेवा इकाईको सेवा गरिएको अस्पतालले जनाएको छ । हाडजोर्र्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परीक्षण र उपचार निःशुल्क, शौचालयको मर्मत, कर्मचारीको बिदा व्यवस्थापन लगायतका काम पनि गरेको अध्यक्ष पाण्डेले बताए । अस्पतालमा केही समयदेखि बिग्रिएको एक्सरे मेसिन पनि मर्मत भई प्रयोगमा आएको छ । बर्षौदेखि खानेपानीको समस्या रहेकोमा समाधानको लागि तम्घासका खानेपानी उपभोक्ता समिति र नगरपालिकासँग समन्वय भइरहेको छ ।

अस्पतालको नयाँ भवन निर्माणधिन रहेको र पुरानो साँघुरो भवनबाट सेवा दिनु पर्दा केही कठीनाई रहेको छ । त्यो समस्या पनि अब केही महिनामै समाधान हुने अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय अस्पतालका विभिन्न विवादिद विषयहरु बाहिरिने गरेकोमा अध्यक्ष पाण्डेले केही राजनीतिक दलको आडमा अस्पतालका आन्तरिक सूचना चुहाएर अस्पताललाई विवादित बनाउने कर्मचारीलाई कारवाही गर्ने प्रतिक्रिया दिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया