Smoking Causes Cancer

बागलुङको दुर्गम गाउँका बिरामीको उपचारमा डा. केसी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: डा. गोविन्द केसी बाग्लुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका डा.केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्।

डा.केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए।

केसी कुनै खबरविना नै स्वास्थ्यचौकी पुगेको शाही बताउँछन् । ‘उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्‍यौं,’ शाहीले भने।

सिंचाई
Forest
Ad.

डा.केसीले तीन दिनसम्म बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए। ‘सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु’, डा.केसीको भनाइ उल्लेख गर्दै शाहीले भने। -न्यूज गृह/फाइल फोटो 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया