Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले इस्मा गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता भएको मंगलबार एक औपचारिक कार्यक्रमका बीच घाेषणा गर्नुभएको हो ।

जिल्ला खाेप समन्वय समितिकाे तर्फबाट संयाेजक जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीले इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्दै इस्मा गाउँपालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएकाे थियो ।

इस्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारी पूर्ण खाेप सुनिश्चितता हुनकाे लागि आवश्यक सुचकहरु पूरा गरेको जानकारी गराउनुभएकाे थियोे । उहाँका अनुसार शुन्य देखि १५ महिनासम्मका २ सय ८५ र १५ देखि २३ महिनासम्मका १ सय ७८ बालबालिकाले पूर्ण खाेप लगाउनुभएकाे छ । जसका कारण पूर्ण खाेप सुनिश्चितता गर्न सकिएको हो ।

सिंचाई
Forest
Ad.

जिल्ला स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले वडा स्तरीय खाेप समन्वय समिति अन्तर्गत वडाध्यक्ष, स्वास्थ्यचाैकी इञ्चार्ज, खाेप कार्यकर्ता र स्वास्थ्य स्वयम्सेविकालाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बाेम अर्यालले प्रत्येक वडा हुँदै इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको बताउनुभयो । उहाँले जिल्लाका १२ पालिकामा पूर्ण खाेप सुनिश्चित भएपछि प्रदेशमा सिफारिस गरेर गुल्मी जिल्ला पनि पूर्ण खाेप सुनिश्चित हुने बताउनुभएको छ ।

इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले पूर्ण खाेप सुनिश्चितताका लागि चाैतर्फी सहयोग गर्ने स्वास्थ्यसँग सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । उहाँले पूर्ण खाेप सुनिश्चित गर्नकाे लागि पाल्नुहुने जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्री लगायत सबैलाई स्वागत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पूर्ण खाेप सुनिश्चितता गर्नकाे लागि वर्षभरि खट्ने स्वास्थ्यका कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले इस्मा गाउँपालिकाले स्वास्थ्यलाई मुख्य प्राथमिकता दिँदै शिक्षासहित अन्य क्षेत्रमा पनि प्राथमिकताका साथ कामहरू अगाडि बढाएको बताउनुभयो । इस्मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निकै प्रभावकारी कार्यक्रमहरु पनि संचालन गरेको अध्यक्ष खड्काले बताउनुभएकाे थियो ।

Awareness by SKF

इस्मा गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीले स्थानीय तहले पूर्वाधार क्षेत्रमा मात्रै नभएर स्वास्थ्य र शिक्षाका सामान्य कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

इस्माले सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको उहाँले बताउनुभएको छ । “नागरिक स्वस्थ्य भएमा मात्र उसले आनन्दपूर्वक काम गर्न सक्छ” जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले भन्नुभयो, “इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चित हुनुले सबै बालबालिका स्वस्थ्य हुने विश्वास भएको छ ।” प्रमुख अतिथि खत्रीले आफूहरू गुल्मीका १२ पालिकालाई पूर्ण खाेप सुनिश्चितता गराएर गुल्मीलाई पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्न लागिरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया