Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका मध्ये प्रशासन कार्यालयमा संकलन भएका राष्ट्रिय परिचयत्रको वितरण कार्यसुरु भएको हो।

गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ८ गतेबाट सुरु गरिएको थियो । संकलित विवरण अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सर्वसाधारणको लागि राष्ट्रिय परिचयपत्र वितरण काय सुरु भएको हो ।

जिल्लामा २०७७ माघ १० गते तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचयपत्र दिएर वितरण सुरु गरिएको थियो । तर सर्वसाधारणको लागि भने वितरण कार्य गर्न सकिएको थिएन ।

सिंचाई
Forest
Ad.

विवरण दर्ता गराएको झण्डै ४ वर्ष पछि मात्रै सर्वसाधरणले राष्ट्रिय परिचयपत्र पाउन थालेका हुन् । सर्वसाधारणले पहिलोपटक डिजिटल प्रबिधिको परिचयपत्र पाएपछि स्थानीय खुसी छन् ।

परिचयपत्र पाउनेहरु यसको प्रयोग सबै ठाउँमा हुनुपर्ने परिचयपत्र लिन आउनु भएका रञ्जना अर्यालले बताउनुभयो । यो परिचयपत्र बहुउपयोगि भएकाले निकै महत्वपूर्ण भएको उहाले बताउनुभयो ।

गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका दर्ता संकलन अपरेटर सुनिता कंडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४४ हजार ८ सय १ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् ।

जसमध्ये ८ हजार ७४ जनाको परिचयपत्र बनेर आएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । पहिलो चरणमा स्थायी स्टेशन तम्घासबाट संकलन गरेकाहरुको कार्ड बनेर आएकाले वितरण भइरहेको पाठकले बताउनुभयो ।

Awareness by SKF

प्रशासन कार्यालयले परिचयपत्र वितरणका लागि दैनिक ५० जनाका दरले विरवण गर्न थालेको प्रशासन कार्यलयले जनाएको छ । राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि स्वयं व्यक्ति नै उपस्थित भएर मात्रै लिन सकिने प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान(श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन ।

जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ ।

परिचयपत्र विवरण दर्ता संकलन गर्न नागरिकता, बसाइँसराइको गरेको हकमा बसाइँसराइको सक्कल कागजपत्र चाहिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया