Hi-Speed Computer

Awareness Campaign

राष्ट्रिय वाणिज्य बैंकले मुसिकोटको वामीबाट पनि सेवा सुरु गर्यो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: राष्ट्रिय वाणिज्य बैंकले गुल्मीको मुसिकोटबाट कारोबार शुरु गरेको छ। लामो समयको प्रतिक्षा पश्चात बैंकको नयाँ शाखा मुसिकोट-७, वामीटक्सारमा सञ्चालनमा आएको हो।

राष्ट्रिय वाणिज्य बैङ्क वामी शाखा प्रबन्धक सुमन थापाका अनुसार बैंकले २ सय ६६ औँ शाखाको रुपमा वामीटक्सारबाट सेवा सुरु गरेको हो।

सोमबार मुसिकोट न.पा.७ की सिता सापकोटाले पहिलो सेवा लिनुभएको थियो । कारोबार सुचारु भएपनि औपचारिक रुपमा शाखाको विधिवत् उद्घाटन भने केही दिनमा गरिने शाखा प्रबन्धक थापाको भनाई छ।

Forest
Forest
Ad.

लामो समय देखि राष्ट्रिय वाणिज्य बैंक आउने कुरा चलेपनि सेवा सुचारु नहुदा निराश बनेका स्थानीय खुसी भएका छन् । “ढिलै भएपनि बैकंले सेवा सुरु गर्यो, स्थानीय गोविन्द सापकोटाले भन्नुभयो, “यो हामी सबैका लागि खुसिको कुरा हो।”

७ वटै प्रदेशका ७७ वटै जिल्लामा शाखा रहेको राष्ट्रिय वाणिज्य बैकं वामीमा स्थापना भएसगैं गुल्मी र बागलुङका सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ।

होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले राष्ट्रिय वाणिज्य बैकंको स्थापनाले वामी र सिङ्गो मुसिकोटकै प्रतिष्ठा बढेको बताउनुभयो।

सरकारी राजश्व तिर्नका लागि तम्घास या बागलुङ जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उहाँले यसले वामी बजार क्षेत्रको व्यापार वृद्दिमा समेत टेवा पुर्याउने आफुले विश्वास लिएको बताउनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया