Smoking Causes Cancer

सिवाईसी नेपाल लघुवित्त शान्तिपुर शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

दिलु केसी, गुल्मी: सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, शान्तिपुर शाखाको केन्द्र प्रमुख उपप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम आज चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरमा सम्पन्न भएको छ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रकोट गाउँपालिका-३ का वडाध्यक्ष डिल्लिराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।

सिंचाई
Forest
Ad.

संस्थाका प्रबन्ध सञ्चालक डोलिन्द प्रसाद शर्माले सिवाईसी नेपाल लघुवित्तले चन्द्रकोट गाउँपालिकाका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको बताउनुभयो। उहाँले पछिल्लो समय लघुवित्तको विषयमा फैलिएको अफवाहको पछि नलाग्न पनि आग्रह गर्नुभयो।

सिवाईसी नेपाल शान्तिपुर शाखाले उत्कृष्ट केन्द्रलाई प्रमाणपत्र, मायाको चिनो र खादा ओढाएर सम्मान गरिएको थियो। शाखाले सबै केन्द्रका कविता वाचन गर्ने, गीत गाउने र नृत्य प्रस्तुत गर्ने समूहलाई नगद सहित सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट समूहका दिदीबहिनीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा शाखाका २५०० सदस्य मध्ये करिब ६०० दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य शाखा प्रमुख रुद्र बहादुर थापाले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका कलस्तर गणेश तिवारीले गर्नु भएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया