Salime Malika Krishi Farm

Awareness Campaign

मध्यरातमा डोजर चलाउने पालिका उपाध्यक्षलाई काम रोक्न अदालतको अन्तरिम आदेश



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जग्गाधनीको मन्जुरी बिना मध्य रातमा डोजर चलाएर मोटरबाटो खन्ने गुल्मीको गाउँपालिका उपाध्यक्ष विरुद्ध परेको रिटमा जिल्ला अदालत गुल्मीले खनिएको सडकको काम अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । जिल्लाको मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल विरुद्धको रिटमा अदालतले त्यस्तो आदेश दिएको हो।

उपाध्यक्ष उपेन्द्र अर्यालको नेतृत्वमा फागुन २८ गते राती १० बजेको समयमा फुलबारी चोरकाटे अर्जै सडक अन्त्रगत गैरा अर्जैबेसि खोलको पुलबाट पुर्व इस्मा तर्फको सडकमा त्यस अग्जिको बैठकले गरेको सहमती बिपरित डोजर चलाएर मोटरबाटो खनेका थिए।

यहि चैत्र १७ गतेका दिन जग्गाधनी इस्मा गाउँपालिका ६ अमरपुर अर्जैबेसिका बालकृष्ण गौतम, जनार्दन गौतम र सेती गौतमले समेत अर्का जग्गाधनी डिलारम गौतमलाइ विपक्षी बनाइ मालिका गाउँपालिका उपाध्याक्ष अर्याल बिरुद्ध रिट दायर गरेकोमा जिल्ला अदालत गुल्मीले त्यस्तो आदेश दिएको हो ।जिल्ला न्यायाधीश वसन्तराज पौडेलको इजालासले मुलुकी देवानी कारविधी संहिता, २०७४ को दफा १५६ को उपदफा ९ १ ० को प्रयोजनार्थ निवेदक बादिहरुको नाउमा दर्ताको जग्गामा निजहरुको मन्जुरी बेगर बाटो खन्ने खनाउने नगर्नु यथास्थितिमा राख्नु भनी सोही संहिताको सोही दफा १५६ को उपदफा (२) बमोजिम अन्तर्कालिन आदेश गरिएको छ। आदेशको जानकारी विपक्षहरुलाई दिनु भन्ने आदेशमा उल्लेख छ।

सिंचाई
Forest
Ad.

जग्गाधनी गौतम बन्धुहरुले आ–आफ्ना नाममा भएका कित्ता नम्बर १७६३ , १७६४ र १२२७ का जग्गाहरु हामिहरुले संयुक्तरुपमा भोग गरि आएकोमा इस्मा गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रमा पर्ने फुलबारी चोरकाटे अर्जै सडक खण्डको नागखोला पुलको अमरपुर तर्फको सडक बिस्तार गर्न मिति २०७९ । १०.३ म बसेको बैठकले हामी जग्गाधनी बालकृष्ण गौतम, जनार्दन गौतम र बिपक्षी डिलारम पोखरेलको जग्गाबाट पुरानो घर बङ्गालो दायाँ हुने हुने गरि बाटो खोल्न सहमती भएकोमा सो बिपरित हामी जग्गाधनिहरुलाइ थाहै नदिइ हामिहरुका भोगका जग्गाको बिच भागबाट पर्ने गरि जथाभावी डोजर चलाइ बाटो खन्ने खनाउने काम गरेबाट हामिहरुको उल्लेखित जग्गामा अतिक्रमण हुन गइ हानिनोक्सानी हुन गएकोले बिपक्षीहरुबाट भएको उप्त किचलो मेटाइ चलन चलाइ क्षतिपूर्ति समेत दिलाइ पाउँ भन्ने समेतको फिराद माग दावी गरि रिट दिएका थिए ।

अदालतको यस्तो आदेशले गौतम परिवारको खेत थप क्षती हुनबाट जोगिएको छ र उपाध्यक्ष अर्याललाई आफ्नो एकपक्षीय काम गरेको महसुस दिलाउने गरि झड्का मिलेको छ । उता जग्गाधनिहरु अदालतको त्यस्तो आदेशबाट खुशी छ्न । तालुकदार निकाय रहेको सडक पूर्वाधार विकास कार्यालय प्रमुख सचितानन्द चौधरीसँग बुझ्न गयौँ । के मालिकाका उपाध्यक्ष अर्यालले खनेकै ठाउँबाट बाटो खोल्ने सहमती भएकै हो त भन्ने प्रश्नमा चौधरीले त्यताबाट हुँदै नभएको बताउदै हिजो सहमती भएकै स्थानबाट बाटो खोलिने स्पष्ट पारे । उपाध्यक्ष अर्यालले त्यति धेरै मान्छेले देखे सुन्ने गरि गरिएको सहमती लत्याउदै रातमा अर्काको खेतमा डोजर चलाए पनि जिकिर चाहिँ आफैले खनेको स्थानमा सहमती भएको गर्न छाडेका छैन्न ।

सत्यत के हो भने उनकै पार्टी नेपाली कांग्रेसका नेता समेत रहेका इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का नै त्यस बैठकमा थिए र सहमती एकातिर उपाध्यक्ष अर्यालको बाटो खनाइ अर्को तिर भएको खड्काले पनि स्पष्ट पारेका छ्न । जबकी उनै अध्यक्ष खड्का, उपाध्यक्ष अर्याल ती दुई पालिकाका वडाध्य ढाल बहादुर कुवर, दिपक भण्डारी, मालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसि, अन्य जनप्रतिनिधि , जग्गाधनीहरुका प्रतिनिधि इस्मा ५ का पुर्व वडाध्यक्ष कलानिधी भण्डारी सहितका अगुवाहरुको सहभागिता थियो र डिलाराम पोखरेलको पुरानो घर बङ्गालाको दाया बिचबाट माथि केराको बोटहरुमा लगेर चलिरहेको मोटर बाटोमा जोड्ने सहमती भएको थियो ।

त्यसरी उपाध्यक्ष अर्यालले सहमति विपरित बाटो खनेको विवादका कारण झण्डै साढे दुई करोड लागतको पुल बन्ने कार्य पनि ठप्प भएको छ। -ग्लोबल आवाज

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया