Salime Malika Krishi Farm

Awareness Campaign

ढोरपाटनमा प्याराग्लाइडिङकाे परीक्षण उडान सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा प्याराग्लाइडिङकाे परीक्षण उडान शुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा ढोरपाटन नगरपालिकाकाे वडा नम्बर ९ र ६ मा परीक्षण उडान शुरू गरिएकाे हाे ।

ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा ढोरपाटन क्षेत्रमा प्याराग्लाइडिङ परीक्षण पटके उडान अनुमति प्रदान गरिएको नागरिक उड्डन प्राधिकरणका उपप्रबन्धक चुडाबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ब्लू इस्काई प्याराग्लाइडिङ प्रालि पोखराले चैत २३ देखि २५ गतेसम्म परीक्षण उडानको जिम्मा पाएकाे छ । प्रालिले उडान सञ्चालन समाप्त भएपछि सो प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्नेछ ।

सिंचाई
Forest
Ad.

शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान शुरु गरिएको प्याराग्लाइडिङ तल्लोचौरमा सफल ल्याण्ड गरिएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए ।

‘ढोरपाटन नगरपालिकाबाट हामीले परीक्षण उडान भनेर ३ लाख रुपैयाँ रकम विनियोजन गरेको थियौं,’ उपप्रमुख कायतले न्यूज खरीसँग भने, ‘ वन्यजन्तु संरक्षण विभागकाे सहमतिपछि आर्मी क्याम बाहिर प्याराग्लाइडिङले परीक्षण उडान गरेको छ ।’

उनका अनुसार बिहान ८ बजेदेखि दिउँसो ३ बजेभित्र परीक्षण उडान गरिनेछ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया