Salime Malika Krishi Farm

Awareness Campaign

सिवाईसी नेपाल लघुवित्त खैरेनी शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दिलु केसी, गुल्मी: सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख उप-प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम सत्यवती गाउँपालिका-६, जोहाङ्गमा आज सम्पन्न भएको छ।

संस्थाका प्रबन्ध सञ्चालक डोलिन्द प्रसाद शर्माले सिवाईसी नेपाल लघुवित्तले सत्यवती गाउँपालिकाका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको बताउनुभयो। उहाँले पछिल्लो समय लघुवित्तको विषयमा फैलिएको अफवाहको पछि नलाग्न पनि आग्रह गर्नुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा सत्यवती गाउँपालिका, वडा नं. २ का वडाध्यक्षले बिना धितो ७ लाख रुपैयाँ सम्मको कर्जा उपलब्ध गराएर राहत प्रदान गरेको र बेरोजगार दिदीबहिनीहरुलाई रोजगारी सिर्जना गरेको बताउनुभयो।

प्रमुख अतिथि सत्यवती गाउँपालिकाका उपप्रमुख निरमाया तरामुले सिवाईसी नेपालले गाउँपालिकामा सामुदायिक भवन, मठ मन्दिर निर्माण गर्ने कार्य गरेको बताउनुभयो। उहाँले लघुवित्तबाट लिएको कर्जालाई सदुपयोग गरी उद्दमशील बन्न पनि आग्रह गर्नुभयो।

Awareness by SKF

कार्यक्रममा खैरेनी शाखा कार्यालय कार्यक्षेत्रमा २०७९ सालमा सम्म स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु भएका प्रतिनिधिहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।  कार्यक्रममा शाखाका १२१७ सदस्य मध्ये करिब ४ सय जना दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

 

सिवाईसी नेपाल खैरेनी शाखाले उत्कृष्ट केन्द्रलाई प्रमाणपत्र, मायाको चिनो र खादा ओढाएर सम्मान गरिएको थियो। शाखाले सबै केन्द्रका कविता वाचन गर्ने, गीत गाउने र नृत्य प्रस्तुत गर्ने समूहलाई नगद सहित सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट समूहका दिदीबहिनीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि सत्यवती गाउँपालिकाका उपप्रमुख निरमाया तरामुले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रवन्ध सञ्चालक डोलिन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन गणेश तिवारीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य शाखा प्रमुख डिलमाया थापाले व्यक्त गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया