Smoking Causes Cancer

गुल्मीको मुसिकोटमा एक पुरुष मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट-५, इन्द्रेगौडाको भकुवामा एक व्यक्ति मृत फेला परेका छन्।

मुसिकोट नगरपालिका-३ मैदान घर भइ गुल्मी रेनपा ७ बन्दै आएका ६३ वर्षका छविलाल सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्टले जानकारी दिए ।

मृतक लामो समयदेखि भारतमा थिए । प्रारम्भिक अनुसन्धान अनुसार गत वर्ष भारतमा दुर्घटनामा परेर सुनारको मानसीक सन्तुलन गुमेको थियो ।

सिंचाई
Forest
Ad.

सुनार बिहीबार श्रीमतीसँग तम्घासबाट भान्जाको घर चन्द्रकोट ८ हिडेका थिए । उनले इन्द्रगौडामा श्रीमती छोडेर भागेका थिए । सुनारलाई नभेटाएपछि श्रीमतीले प्रहरीमा मौखिक जानकारी दिएकी थिइन् ।

उनी शुक्रबार मृत भेटिएपछि मुचुल्का उठाएर शव गुल्मी अस्पताल ल्याउने काम भइरहेको प्रहरी निरीक्षक श्रेष्टले बताए। नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया