गुल्मी: गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका -६ देउराली बस्ने ८३ वर्षीय ज्ञान बहादुर घर्तीको मृत्यु भएको वडा अध्यक्ष मनिराम थापाले जानकारी दिए ।
घरमा एक्लै रहेका घर्तीको आगो ताप्ने क्रममा घरमा आगलागी भएको र घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष थापाले बताए ।
प्रहरी घटनास्थल पुग्दा घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । गएराती ११ बजे खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको गुल्मीका प्रहरी प्रमुख नविन किशोर प्रधानले बताए ।
घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
तस्विर : सांकेतिक
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








