Salime Malika Krishi Farm

Awareness Campaign

हनुमान जयन्तीको अवसरमा वामीमा भोलि भव्य भजन महोत्सव हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: हनुमान जयन्तीको अवसरमा मुसिकोट नगरपालिका वडा नं -७ वामीमा आयोजना गरिएको भजन महोत्सवको तयारी पुरा भएको छ।

स्मार्ट पार्क स्थित हनुमान पार्कमा भोलि बिहिवार हनुमान जयन्तीको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको तैयारी सम्पन्न भएको जानकारी दिईएको हो।

सो अवसरमा पुजा आराधाना सहित राष्ट्रिय कलाकारहरुद्धारा लोक भजन प्रस्तुती सहित अन्य विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । लोप हुँदै गईरहेको लोक भजनको संरक्षण गर्ने र हनुमान मूर्तिको प्रचार प्रसार सगैं धार्मिक कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम आयोजना गरिएको हनुमान जयन्ती प्रचार प्रसार समिति अध्यक्ष रामकृष्ण कडेंलले बताउनुभयो । उक्त अवसरमा हनुमान पुजा, हनुमान चालिसा पाठ, स्थानीय लोक भजनको प्रस्तुतीसगैं राष्ट्रिय कलाकारहरुद्धारा विशेष भजन प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

वामी सेवा समिति जापानका अध्यक्ष कृष्ण प्रसाद सापकोटा तथा सुदिप सापकोटाद्धारा स्व.बुबा आमाको स्मृतिमा एकल खर्चमा स्थापित भगवान हनुमान जीको प्रतिमा रहेको स्थानमा धार्मिक अनुष्ठान सहितका विविध कार्यक्रम आयोजना गरिएको छ । प्रचार प्रसारसगैं कार्यक्रम सम्पन्न गर्न बनाईएका विभिन्न ६ वटा उपसमितिहरुले आआफ्नो जिम्मेवारी पुरा गरेको र कार्यक्रम भव्य बन्ने समितिका सचिव सन्दिप खत्रीले जानकारी दिनुभयो।

पछिल्लो समय बढ्दो प्रविधिको विकास सगैं भजन गाउँने शैली पनि परिमार्जन हुँदै गईरहेको भन्दै उपाध्यक्ष विष्णु सापकोटा भोजराजले ती सबै कुराको नजिकबाट साक्षात्कार हुने अवसर प्राप्त हुने बताउनुभयो । उहाँले स्थानीय स्तरको भजनसगैं राष्ट्रिय कलाकारहरुको विशेष भजन प्रस्तुती, पुजाआजा लगायतका कार्यक्रमहरु हुने भएकाले यस पुण्य काममा उपस्थित भई पुण्य लाभ गर्न समेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रम सफल बनाउन रामकृष्ण कडेंलको अध्यक्षतामा ७ सदस्यीय मूल समारोह समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा विष्णु सापकोटा भोजराज, सचिवमा सन्दिप खत्री र सदस्यहरुमा लक्ष्मी सापकोटा, डिलाराम खरेल, राजन सापकोटा र तिलाराम सापकोटा रहनुभएको छ।

त्यस्तै विभिन्न उपसमितिहरुमा पनि निर्माण गरिएको छ । जसमध्ये डिलाराम खरेलको अध्यक्षतामा पुजा व्यवस्थापन समिति, लक्ष्मण फुल्लेलको सयोंजकत्वमा प्रचार प्रसार उपसमिति, लक्ष्मी सापकोटाको सयोंजकत्वमा अतिथि सत्कार उपसमिति, विष्णु सापकोटाको सयोंजकत्वमा स्वयं सेवक उपसमिति, पुतली सापकोटाको सयोंजकत्वमा दुना टपरी तथा पुजा सामाग्री व्यवस्थापन उपसमिति र तारा प्रसाद कंडेलको सयोंजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति निर्माण गरिएको छ।

Awareness by SKF

मूल समिति अध्यक्ष रामकृष्ण कडेंलले प्रत्येक वर्ष हनुमान जयन्तीको अवसरमा विशेष धार्मिक कार्यक्रम गर्ने र हनुमान जयन्ती मनाउने, संस्था दर्ता गर्ने, पाक्षिक र मासिक रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने लगायतका योजना रहेको बताउनुभयो।

गत वर्ष वामी सेवा समितिका अध्यक्ष एवम् समाजसेवी कृष्ण प्रसाद सापकोटाले व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको हनुमान प्रतिमालाई विशेष रुपमा प्रचार प्रसार गर्ने गरी काम भईरहेको उहाँको भनाई छ ।

समाजसेवी कृष्ण सापकोटाले मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएको छ । उहाँले यसभन्दा अगाडी वामीकोट प्रवेशद्धार र महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको प्रवेशद्धार समेत व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया