गुल्मी: मालिका गाउँपालिका सात घमिरका किसानलाई च्याउ खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ।
आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो।
वडा वासीको चाहाना अनुसार च्याउ खेती सम्बन्धि तालिमको आयोजना गरिएको वडा अध्यक्ष हिरा बहादुर कार्कीले बताए ।
साथै व्यवसायीक रुपमा च्याउ खेती गर्न चाहाने किसानलाई वडाले सक्दो सहयोग गर्ने बताउदै त्यस तर्फ आकर्षित हुन उनले आग्रह समेत गरे ।
त्यस्तै यता सहभागी किसानले पनि तालिमले सहज भएको बताउदै , आगामी दिनमा थप तालिमको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
तालिमको सहजीकरण गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल भट्टराई र कमल रसैलीले गरेका थिए ।
वडा अध्यक्ष हिरा बहादुर कार्कीको अध्यक्षता तथा पशु प्राविधिक गोपाल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










