सागर भण्डारी, गुल्मी: हनुमान जयन्तीको अवसरमा वामीमा विशेष कार्यक्रम हुने भएको छ। मुसिकोट नगरपालिका वडा नं ७ मा रहेको स्मार्ट पार्क स्थित हनुमान पार्कमा यही चैत्र २३ गते हनुमान जयन्तीको अवसरमा पुजा आराधाना सहित राष्ट्रिय कलाकारहरुद्धारा लोक भजन प्रस्तुती सहित अन्य विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
लोप हुँदै गईरहेको लोक भजनको संरक्षण गर्ने र हनुमान मूर्तिको प्रचार प्रसार सगैं धार्मिक कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम आयोजना गरिएको मूल समिति अध्यक्ष रामकृष्ण कडेंलले बताउनुभयो । उक्त अवसरमा हनुमान पुजा, हनुमान चालिसा पाठ, स्थानीय लोक भजनको प्रस्तुतीसगैं राष्ट्रिय कलाकारहरुद्धारा विशेष भजन प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।
वामी सेवा समिति जापानका अध्यक्ष कृष्ण प्रसाद सापकोटा तथा सुदिप सापकोटाद्धारा स्व.बुबा आमाको स्मृतिमा एकल खर्चमा स्थापित भगवान हनुमान जीको प्रतिमा रहेको स्थानमा धार्मिक अनुष्ठान सहितका विविध कार्यक्रम आयोजना गरिएकाले सम्पूर्णलाई उपस्थित हुन मूल समिति सचिव सन्दिप खत्रीले आग्रह गर्नुभयो । यस क्षेत्रकै ऐतिहासिक कार्यक्रम रहेकाले अहिले प्रचार प्रसारसगैं विभिन्न उपसमितिहरु निर्माण गरेर तैयारी तीब्र रुपमा अगाडी बढाईएको उहाँको भनाई छ।

कार्यक्रम सफल बनाउन रामकृष्ण कंडेलको अध्यक्षतामा ७ सदस्यीय मूल समारोह समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा विष्णु सापकोटा भोजराज, सचिवमा सन्दिप खत्री र सदस्यहरुमा लक्ष्मी सापकोटा, डिलाराम खरेल, राजन सापकोटा र तिलाराम सापकोटा रहनुभएको छ ।
त्यस्तै विभिन्न उपसमितिहरुमा पनि निर्माण गरिएको छ । जसमध्ये डिलाराम खरेलको अध्यक्षतामा पुजा व्यवस्थापन समिति, लक्ष्मण फुल्लेलको सयोंजकत्वमा प्रचार प्रसार उपसमिति, लक्ष्मी सापकोटाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, विष्णु सापकोटाको सयोंजकत्वमा स्वयं सेवक उपसमिति, पुतली सापकोटाको सयोंजकत्वमा दुना टपरी तथा पुजा सामाग्री व्यवस्थापन उपसमिति र तारा प्रसाद कडेंलको सयोंजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।
मूल समिति अध्यक्ष रामकृष्ण कडेंलले प्रत्येक वर्ष हनुमान जयन्तीको अवसरमा विशेष धार्मिक कार्यक्रम गर्ने र हनुमान जयन्ती मनाउने, संस्था दर्ता गर्ने, पाक्षिक र मासिक रुपमा विभिन्न कार्यक्रम आयोजना गर्ने लगायतका योजना रहेको बताउनुभयो ।
गत वर्ष वामी सेवा समितिका अध्यक्ष एवम् समाजसेवी कृष्ण प्रसाद सापकोटाले व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको हनुमान प्रतिमालाई विशेष रुपमा प्रचार प्रसार गर्ने गरी काम भईरहेको उहाँको भनाई छ ।
समाजसेवी कृष्ण सापकोटाले मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा व्यक्तिगत रुपमा सहयोग गर्दै आउनुभएको छ । उहाँले यसभन्दा अगाडी वामीकोट प्रवेशद्धार र महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको प्रवेशद्धार समेत व्यक्तिगत खर्चमा निर्माण गर्नुभएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










