Awareness

मुसिकोटका व्यवसायीलाई करदाता शिक्षा, समयमै कर तिर्न आग्रह

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोटमा रहेका व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ।

मुसिकोट नगरपालिका र गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंको आयोजना तथा घरेलु तथा साना उद्योग विकास कार्यालय र करदाता सेवा कार्यालय गुल्मीको सहजीकरणमा वामीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Get Vaccinated

कर सम्बन्धी अज्ञानता तथा विभिन्न समयमा आईपर्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने विषयमा सचेतना प्रदान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय सरकार अन्तर्गत सकंलन गरिने कर तथा नगरपालिका र अन्य ठाउँहरुमा कस्तो कस्तो व्यवसाय दता गर्ने र कुन कुन कर नगरपालिकालाई बुझाउने भन्ने विषयमा मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुती दिनुभएको थियो । उहाँले स्थानीय तहको एकल राजश्व अधिकार अन्तर्गत रहेका करहरुको दायरा र तीन तहको राजश्व अधिकारका विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले कार्यालयबाट प्रवाह हुने सेवाहरु सम्बन्धी जानकारी दिँदै व्यवसाय दर्ता, नविकरण, खारेजी सगंठनात्मक र कानुनी संरचनाहरु, उद्यम विकास कोष लगायतका विषयमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।

Awareness by SKF

त्यस्तै करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत जमुना गिरीले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, मिस म्याचको समस्या, हिसाब किताब राम्रोसँग राख्न नसक्दा हुने समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या लगायतका बारेमा जानकारी दिनुभएको थियो । उहाँले आयकर विवरणमा वास्तविक कारोबार जनाई मिस म्याचबाट बँच्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा कर परामर्शदाता अमृत कुँवरले अनलाईन सम्बन्धी कर भुक्तानीका विषयमा प्रस्तुती दिनुभएको थियो । उहाँले व्यवसायीलाई आफूले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न समेत आग्रह गर्नुभयो । उहाँले आफूहरु व्यवसायीहरुलाई जरिवाना तिराउनु भन्दा पनि सचेतनालाई प्राथमिकता दिएर अगाडी बढेको बताए । व्यवसायीलाई केही समस्या भए जुन सुकै समयमा जानकारी दिन तयार रहेको समेत बताउनुभएको थियो ।

मुसिकोट नगरपालिकाका नगप्रमुख जीवन खरेलले नागरिकले तिरेको कर नागरिकको विकासमा नै खर्च हुने बताउनुभयो । उहाँले कर लिने प्रणाली पहिले भन्दा अहिले परिवर्तन हुँदै गएको भन्दै व्यवसायीहरुले आम्दानी अनुसार आयकर तिर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले विभिन्न विषयमा जिज्ञासा तथा टिप्पणीहरु राखेका थिए । कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका व्यवसायी, विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

COVID-19

गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष ज्ञानहरी सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता एवम् नगर उपप्रमुख गगां श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका महासचिव सुन्दर प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *