Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ६९ कुकुरको बन्ध्याकरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार २४ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

तीन दिनसम्म २६ पोथी कुकुर र ७० भाले कुकुरको बन्ध्यारकण गरिएको छ । बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजबिरुद्धको खोप पनि लगाइएको काफ्लेले बताए । सदरमुकाम तम्घासभित्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई विशेष सामग्रीको सहायतामा छोपेर भेटेनरीको कार्यालयमै लगेर बन्ध्यारकण गरिएको थियो ।

सिंचाई
Forest
Ad.

बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रमको लागि भेटेनरी कार्यालयले दुई लाख र रेसुङ्गा नगरपालिकाले यातायात र काठमाडौ आएका प्राविधिकहरुलाई आवास खर्च व्यहोरेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया