Awareness

गुल्मीमा ६९ कुकुरको बन्ध्याकरण

खबर

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार २४ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

Get Vaccinated

तीन दिनसम्म २६ पोथी कुकुर र ७० भाले कुकुरको बन्ध्यारकण गरिएको छ । बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजबिरुद्धको खोप पनि लगाइएको काफ्लेले बताए । सदरमुकाम तम्घासभित्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई विशेष सामग्रीको सहायतामा छोपेर भेटेनरीको कार्यालयमै लगेर बन्ध्यारकण गरिएको थियो ।

बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो ।

उक्त कार्यक्रमको लागि भेटेनरी कार्यालयले दुई लाख र रेसुङ्गा नगरपालिकाले यातायात र काठमाडौ आएका प्राविधिकहरुलाई आवास खर्च व्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *