Salime Malika Krishi Farm

Awareness Campaign

रेसुङ्गा नगरपालिकाले सुरू गर्यो लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुंगा नगरपालिकाले सरकारी सेवामा प्रवेश गर्न चाहने नागरिकका लागि लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरू गरेको छ।

बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सरकारी सेवामा जान चाहने विद्यार्थीलाई निःशुल्क तयारी कक्षा सुरू गरेको जानकारी गराएका हुन्।

यो नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रममा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको थियो।

सिंचाई
Forest
Ad.

तयारी कक्षा लिन महङ्गो शुल्क तिरी जिल्ला बाहिर काठमाडौ, बुटवल लगायतका क्षेत्रमा जानुपर्ने बाध्यतालाई निराकरण गर्न, गरिब तथा जेहेन्दार विद्यार्थीमा पहुँच पुर्याउन कार्यक्रमले सहयोग पुग्ने पन्थीले बताए।

यी तयारी कक्षाहरू भौतिक र अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने उनले बताएका छन्। पहिलो चरणमा तयारी कक्षामा शिक्षा सेवा तर्फका ६७ जना र लोकसेवा तर्फका १६७ जना गरी जम्मा २३४ जना रहेको नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया