Awareness

मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक

कृषि खबर खबर

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-८, मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन्। तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन्।

उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आवद्ध छन्। समूहमा आवद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम आठदेखि एक सय ५०सम्म मौरीका घार छन् ।

Get Vaccinated

मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा रु एक करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकामा पहिलो वर्ष रु ५० लाख, दोस्रो वर्ष रु ३७ लाख रु ५० हजार, तेस्रो वर्ष रु २५ लाख र चौथो वर्ष रु १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराउँदै आइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमरै बित्ने गर्दछ । उहाँको घरमा अहिले एक सय ५० मौरीका घार छन् । उहाँले ती घारबाट एकै याममा छ क्विन्टलसम्म मह उत्पादन गर्दै आउनुभएको छ ।

चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह बिक्रीबाट जनही रु एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए ।

Awareness by SKF

कृषि ज्ञान केन्द्रले समय समयमा कृषकलाई मौरीपालन गर्ने तरिकाका बारेमा जानकारी गराउनाका साथै मौरीमा देखिने रोगकीराको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानाकारी दिनुभयो ।

मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरुको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्राङ्गारिक भएका कारण पनि बजारमो धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।

मालरानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *