प्रेम सुनार, गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका भित्रका करिब सय जना विपन्न परिवारले त्यहाँ विद्युत सुविधा पुगेको झन्डै १५ बर्षपछि विद्युत सुविधा पाउने भएका छन्।
त्यस पालिकाको वडा नम्बर २ देखि ६ सम्मका ९६ घरधुरी विपन्नलाई चन्द्रकोट गाउँपालिकाले शनिबार निःशुल्क विद्युतको मिटर वितरण गरेपछि बल्ल ती परिवारले विद्युत सुविधा पाउने भएका हुन्।
२०६५ सालमा पहिलोपटक विधुत पुगेको शान्तिपुर ईलाकामा हालसम्म पनि बिजुली बत्ति बाल्न नसकेका गरिब, दलित, विपन्न परिवारलाई गाउँपालिकाले निशुल्क मिटर वितरण गरेपछि ती परिवारमा खुशी छाएको छ ।
शान्तिपुर ईलाका सामुदायिक ग्रामिण विधुतिकरण उपभोक्ता समुह ले ६ हजार बराबरको सदस्यता शुल्क छुट गरेको र चन्द्रकोट गाउँपालिकाले ४ हजार बराबरको मिटर जडान शुल्क तिरिदिए पछि विपन्न परिवारले विद्युत सेवा पाउने वातावरण मिलेको त्यस गाउँपालिका अध्यक्ष युवराज केसिले बताए।
मिटर बितरण कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल ,विधुत उपभोक्ता समितिका अध्यक्ष धातानन्द शर्मा सहित त्यहाँ क्रियाशिल राजनैीतक दलका नेताहरुको सहभागिता थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







