Awareness

Get Vaccinated

माैसम पूर्वानुमानका लागि गुल्मीको चन्द्रकाेटमा स्टेसन स्थापना



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

 गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा आइतबार मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ।

यो (Weather station) मौसम मापन यन्त्रले विद्यालयमा मौसम सम्बन्धि सैद्धान्तिक अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान उपलब्ध गराउन सहज हुने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकरी दिनुभयो।

कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तथा कृषकहरुलाई यस क्षेत्रको बर्ष भरिको सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र बर्षाको तथ्याङ्किय जानकारी उपलब्ध हुने हुँदा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुने र कस्तो बाली लगाउदा राम्रो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा समेत कृषि बिशेषज्ञ र प्राविधिकहरुले यसको तथ्याङक अध्ययन गरेर योजना निर्माण गर्न सजिलो हुने समेत विश्वास लिईएको छ।

चन्द्रकोट ४ शान्तिपुरमा परियोजना संचालन गरिरहेको रुरु जलविद्युत परियोजनाको प्राविधिक र आर्थिक सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा स्थापित यस प्रकारको मौसम स्टेशन (Weather station) सम्भवत नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेशन भएको रुरु जलविधुत परियोजनाका म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो।

वातावरणिय परिवर्तन (Climate change) ले हुने रेसियोको बारेमा जानकारी दिने हुदाँ वातावरणिय प्रभाव न्यूनीकरणका कार्यक्रम गर्न सजिलो हुनुका साथै हाल सम्म यस क्षेत्रमा कुनै मौसम स्टेशन (Weather station) नभएकोले यस क्षेत्रका लागि उक्त प्रविधि उपयुक्त हुने विश्वास गरिएको छ।

उक्त उपकरणमा जोडिएको सबै सेन्सरहरु अमेरिकन कम्पनी Sparkfun electronic बाट निर्मित गरिएको र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग Department of Hydrology and metrology ले त्रिभुवन युनिभर्सिटीमा जडान गरिएको मौसम स्टेशन (Weather station) बाट Caliberation गरिएको रुरु जलविधुत परियोजनाले जनाएको छ।

उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो। -गुल्मी अपडेट

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया