Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटका होटलहरुले १८ वर्षमुनिका बालबालिकाहरुलाई सुर्ती र मदिराजन्य पदार्थ नबेच्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: मुसिकोटका होटलहरुले १८ वर्षमुनिका बालबालिकाहरुलाई सुर्ती र मदिराजन्य पदार्थ नबेच्ने भएका छन्। होटल व्ययवसायी मंच मुसिकोटको प्रथम बैठक स्वारा होम स्टेमा सम्पन्न गर्दै उक्त निर्णय समितिले गरेको समितिका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो।

मुसिकोट नगरपालिकाभित्र सन्चालनमा रहेका होटल व्यवसायीहरुबाट १८ वर्ष भन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीहरुलाई मद्यपान,धुम्रपान, तथा सुर्तिजन्य पदार्थ नबेच्ने,साथै पारिवारिक सम्बन्धमा रहेका बाहेकका नाबालिग ठहरिने जोकोहि जोडीलाई आवासको सुविधासमेत उपलब्ध नगराउने निर्णय बैठकले गरेको छ।

पछिल्लो समय किशोरकिशोरी तथा युवायुवतीहरु कुलतमा फस्ने क्रम बढेको र होटल व्यवसायीहरुसंग प्रत्यक्ष वा अप्रत्क्ष रुपमा सम्बन्ध रहेकोले त्यसको निराकरणको लागि पहिलो कदम आफुहरुले चालेको व्यवसायीहरुले बताएका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै विभिन्न बहानामा होटलमा छिर्ने,बास बस्ने र अनैतिक क्रियाकलाप गरि सामाजिक समस्या निम्ताउनेजस्ता काम पनि बढ्दै गैरहेकोले पारिवारिक सम्बन्धमा रहेका बाहेकका नाबालिग ठहरिने जोकोहि जोडिलाई आवासको सुविधासमेत उपलब्ध नगराउने निर्णय बैठकले गरेको बताइएको छ।

१८ वर्ष मुनिका किशोरकिशोरीलाइ सुर्ती र मदिराजन्य पदार्थ नबेच्ने भन्ने निर्णय कार्यान्वयनमा आम व्यवसायी ,उपभोक्ता ,प्रहरि प्रशासन लगायत सबै सरोकारवाला निकायहरुलाइ मन्चले अपिल गरेको छ।

गत फाल्गुन १३ गते सम्पन्न मंचको दोस्रो नगर अधिवेशनद्वारा नवगठित समितिको प्रथम बैठक शनिबार मुसिकोट नगरपालिका वडा नं ६ स्थित प्रचुर पर्यटकीय संभावना बोकेको स्वारा होम स्टेमा सम्पन्न भएको हो।

Awareness by SKF

मंचका अध्यक्ष विवेक काफ्लेको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ४ वटा निर्णयहरु गर्दै बैठक सम्पन्न गरेको छ १ जसमध्ये बैठकहरु मुसिकोट नगरपालिकाका ९ वटै वडाहरुमा घुम्तिरुपमा सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो।

होटल व्यवसायी मंचको बैठकले नगरभित्र बिना दर्ता चटपट तथा ठेलामा फास्ट्फुड व्यवसाय गर्ने व्यवसायीहरुलाई दर्ताका प्रकृयामा आउनका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै समितिको बैठकले होटल व्यवसायमा आवश्यक पर्ने बिभिन्न कच्चा पदार्थ,मासुजन्य पदार्थ, पेयपदार्थ,खाद्य पदार्थहरु सबै व्यवसायीहरुलाई उपलब्ध गराउनका लागि निश्चित व्यवसायीलाई फरक(फरक जिम्मा दिनका लागि आवश्यक छलफल परामर्श गर्ने निर्णय गरेको छ।

मन्चका पदाधिकारि तथा सदस्यहरु,स्वारा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष सचिव तथा सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो भने निर्णयहरु सर्वसम्मत अनुमोदन गरिएका छन।

बैठकमा भएका सबै व्यवसायिहरुले निर्णय कार्यान्वयनमा प्रतिबध्द रहेको बताएका छन् १ उक्त कार्यक्रमको सन्चालन मन्चका सचिव अनुप पाण्डेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया