Smoking Causes Cancer

क्रिकेट खेलाडी अर्जुन कुमाललाई उद्योग वाणिज्य संघ गुल्मीद्वारा सम्मान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मीः गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ।

क्रिकेट खेलाडी कुमाललाई तम्घासमा सम्पन्न गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको ३१ औं साधारण सभाको अबसरमा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गर्नु भएको हो।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । उहाँले कुबेत बिरुद्ध सतक समेत प्रहार गर्नुभएको थियो ।
गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै सम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनु भयो । उहाँले खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पौलेलले बताउनुभयो।

सिंचाई
Forest
Ad.

उद्योग वाणिज्य संघ गुल्मीले गरेको सम्मानले खेल क्षेत्रमा थप प्रगती गर्न हैसला मिलेको खेलाडी अर्जुन कुमालले बताउनुभयो । उहाँलाई केहि दिन अघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार सहित सम्मान गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया