Salime Malika Krishi Farm

Awareness Campaign

किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: १९ वर्ष मुनीको नेपाली राष्ट्रिय किक्रेट टिमका खेलाडी अर्जुन कुमाल गृह जिल्ला गुल्मीमा नगद सहित सम्मानित भएका छन्।

उनलाई आइतबार छत्रकोट गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो। किक्रेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको र आगामी दिनमा खेल प्रती थप हौसला बढोस भनेर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए।

स्थानीय सरकारले अभिभावकको भुमिका निर्वाह गर्दै खेलको सम्मान र खेलाडीको प्रोत्साहनको लागि सम्मान गरेको अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

सिंचाई
Forest
Ad.

साथै छत्रकोट गाउँपालिकाले पनि खेल र खेलाडीको उत्पादन तथा प्रबर्द्धनको लागि विभिन्न किसिमका प्रतियोगिताको आयोजना गर्दै आएको उल्लेख गरे।

छत्रकोट गाउँपालिका ५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू-१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै उनले कुबेत विरुद्ध सतक समेत प्रहार गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया