Clean Water Campaign

Awareness Campaign

अवरोध झेलेको कालीगण्डकी प्रसारण करिडोरको टावर निर्माण हुने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

संजय रेग्मी, पर्वत: स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको कालीगण्डकी प्रसारण कोरिडोरको टावर निर्माणको काम सुरु हुने भएको छ।

पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरूको बैठकबाट टावर निर्माणको काम सुरु गर्ने सहमति भएको छ। गण्डकी प्रदेशमा पोखरा रंगशाला पछिको दोस्रो ठुलो र सुविधायुक्त खेल मैदान बनाउने अभियान अन्तर्गत रंगशालाको क्रमिक विकास भइरहेको छ।

प्रसारण कोरिडोरको कुश्मा–बुटवल २२० के.भी लाइनको टावर सोही खेलमैदानमा परेपछि फलेवासवासीले खेल मैदानमा टावर राख्न अवरोध गर्दै आइरहेका थिए। फलेवासवासीले बेलाबेलामा टावर राख्न नहुने भन्दै आन्दोलन र दबाब दिँदै आएपछि प्रसारण आयोजनाको काम रोकिएको थियो। समस्या समाधानको लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतको टोलीले नेपाल विद्युत् प्राधिकरणमा पुगेर कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर छलफल गरेपछि घिसिङ स्वयं नै खेल मैदानमा उपस्थित भएर टावर निर्माण गर्ने भनिएको स्थानको अवलोकन गरेर स्थानीयवासीसँग पनि छलफल गरेका थिए।

सिंचाई
Forest
Ad.

घिसिङको सक्रियतामा स्थानीयसँग मौखिक सहमति भएकोमा जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरूलाई राखेर लिखित निर्णय गराइदिएको हो।

प्रमुख जिल्ला अधिकारी बरालका अनुसार फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, कोरिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोष र जिल्लका सुरक्षा निकायका प्रमुखहरूबिच भएको बैठकमा खेल मैदानको डिलभन्दा तल्लो भागमा टावरको खुट्टा (लेग) पार्ने गरी काम सुचारु गर्ने सहमति भएको हो। ‘प्रसारण लाइन अन्तर्गत एपी १०/१ टावरको निर्माण गर्ने काममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यूको टोलीले अवलोकन गरे पश्चात् भएको सहमति अनुसार हुने भएको छ। अब टावरका दुईवटा लेगहरु खेल मैदानको डिल भन्दा तल्लो भागमा पर्ने भएका छन्’, प्रजिअ बरालले भने।

सोही टावर निर्माण गर्ने लाइनमा फलेवास नगरपालिका–६ मा रहेका माझिगाऊँ प्राथमिक विद्यालय र देवीस्थान प्राथमिक विद्यालय पनि परेका छन्। विद्यालय ‘हाइटेन्सन’ लाइनमुनि पर्दा भौतिक संरचना सहित बालबालिकाहरू समेत जोखिममा पर्ने भन्दै विरोध हुँदै आएको थियो। यो विषयमा प्राविधिकहरूको सुझाव अनुसार निर्माणको क्रममा सकेसम्म क्षति नहुने गरेर काम गर्ने तथा क्षति भइहालेमा त्यसको क्षतिपूर्ति आयोजनाले नै बेहोर्ने सहमति भएको छ।

कार्यकारी निर्देशक घिसिङले रंगशालाको अवलोकन गर्ने क्रममा मिल्नेसम्म डिलतिर टावर सारेर रंगशाला र विद्यालय जोगाएर टावरको फाउन्डेसन तयार गर्नुस्,’ अवलोकनको बेलामा घिसिङले आयोजना प्रमुख चन्दन घोष, भारतीय ठेकदार कम्पनी लगायतलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि पाँच–दश करोड जतिसुकै खर्च बढोस्, प्राधिकरण व्यहोर्न तयार छ।’

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया