गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सबै सरकारी तथा गैर सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेको छ।
गाउँपालिकाले छिटो छरितो सूचना प्रवाह गर्ने र सूचनाको पहुँच विस्तार गर्नुका साथै सूचना विकेन्द्रीकरण गर्ने उदेश्यले सूचना अधिकारीको व्यवस्था गरेको सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, तथा वित्तिय संस्था सहित ७६ वटा कार्यालयमा सूचना अधिकारी रहने छन ।
यसै बीच बुधबार गाउँपालिकाका सूचना अधिकारीको पहिलो बैठक सम्पन्न हुनुका साथै सूचना अधिकारीलाई प्रशिक्षण समेत दिईएको गाउँपालिकाका प्रवक्ता ज्ञान कुमार बुढा मगरले बताए ।
बैठकले सम्पुर्ण कार्यालयमा सूचना अधिकारीको नाम, सम्पर्क नम्बर ,फोटो सहितको बोर्ड कार्यालयमा राख्ने, नागरिक वडापत्र टाँस्ने, कार्यसम्पादनको मासिक रुपमा रिपोर्टिङ गर्ने ,लगायतका निर्णय गरिएको छ ।
साथै प्रमुख प्रशासकीय अधिकृत विकास खनालले सूचनाको हक सम्बन्धी ऐन-२०६४, सूचनाको हकसम्बन्धी नियमावली-२०६५ बमोजिम सूचना अधिकारीको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए। -गुल्मी अपडेट

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










