Smoking Causes Cancer

आमा समूह होस् त नवजागृति जस्तो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्कोट पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले केही दिन अगाडी रजत जयन्ती एवम् धनधान्यान्चल महायज्ञ सम्पन्न गर्यो। स्थानीयहरु खुबै जोरतोरका साथ महायज्ञ सम्पन्न गर्न लागिपरे। पाँणथोकका स्थानीयहरुको सक्रियता देख्दा लाग्थ्यो उनीहरुको भव्य पर्व आएको थियो।

विशाल महायज्ञ सम्पन्न गर्न प्रमुख आवश्यक वस्तु थियो दुना टपरी । स्थानीयहरुले घर घरमा दुना टपरी निर्माण गरेर लगेपनि महायज्ञलाई प्रयाप्त हुने भएन । यसका लागि एक आमा समुहले निकै राम्रो भुमिका निर्वाह गर्यो ।

सिमानाले दुई जिल्ला र दुई पालिका भनेर छुट्याएपनि अर्लाङ्कोटको छिमेकी पालिका गलकोट नगरपालिका वडा नं ९ स्थित नव जागृति आमा समुहले दुना टपरीका लागि अभियान नै सञ्चालन गर्यो । उक्त वडाका वडा सदस्य समेत रहेका नारायण प्रसाद सापकोटाले आमा समुहलाई विभिन्न भुमिकामा सहयोग पुर्याउनुभयो ।

सिंचाई
Forest
Ad.

आमा समुहका सदस्यहरु कलश निर्माण, फुलमाला, दुना टपरी निर्माण लगायतका अन्य थुप्रै कार्यमा निकै सक्रिय भएको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले बताउनुभयो ।

आमा समुहले गाउँमा अभियान नै सञ्चालन गरी झण्डै १ हजार ५ सय दुना टपरी महायज्ञमा पुर्याएका थिए । दुना टपरी अधिकाशं आमा समुहले नै पुर्याएको उहाँको भनाई छ । यसरी महायज्ञ भर नै खटेर निकै नै सहयोग पुर्याएको भन्दै उहाँले आमा समुहलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

धनधान्यान्चल उपसमितिका सयोंजक तिलक बहादुर सापकोटाले आमा समुहको सक्रियता निकै नै प्रशंसनीय रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । गाउँमा केही अफ्ठ्यारो गाह्रो पर्दा यसैगरी विभिन्न सघंसंस्थाहरु एकजुट हुने हो भने धेरै कामहरु सजिलै सम्पन्न हुने उहाँको भनाई छ ।

महायज्ञमा सहयोग पुर्याउने १७ जना आमा समुह मध्ये सबै भन्दा बढी क्रियाशिल आमा समुह बनेको उपसयोंजक यज्ञ प्रसाद सापकोटाले बताउनुभयो । महायज्ञ सम्पन्न गर्न उक्त समुहले भौतिक, नैतिक तथा आर्थिक हिसाबले पूणर् रुपमा सहयोग गरेको प्रेम सागर सापकोटाले जानकारी दिनुभयो ।

Awareness by SKF

त्यस्तो किसिमको सामाजिक चेतना अन्य आमा समुहमा पनि हुनुपर्ने महायज्ञ मुल समारोह समिति अध्यक्ष यादुलाल सापकोटाले बताउनुभयो । वडा नं ९ का वडाध्यक्ष तेज बहादुर थापाका अनुसार उक्त महिला समुहले गाउँमा विभिन्न समयमा आईपरेका समस्याहरुमा सहयोग गर्दै प्रशंसनीय कार्य गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया