Smoking Causes Cancer

सिमलटारी-दघाँस-अर्खबाङ मोटरबाटो स्तरोन्नतिको लागि चार करोड बजेट विनियोजन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका-८ को सिमलटारी दघास अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन भएको छ।

शहरी विकास मन्त्रालयबाट वस्ती विकासका लागि सडक विस्तार कार्यक्रम अन्तर्गत बहुवर्षिय योजनामा छनोट हुदै उक्त विनियोजित भएको हो।

यस आर्थिक वर्षमा एक करोड र अर्को आर्थिक वर्षमा ३ करोड बजेट छुट्टीएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए।

सिंचाई
Forest
Ad.

यस वर्ष बजेट विनियोजनको लागि पुर्व मन्त्री रामकुमारी झाँक्रीले विषेश सहयोग गरेको भन्दै अध्यक्ष अर्यालले धन्यवाद दिए।

त्यस्तै आगामी वर्षको लागि बजेट विनियोजित ३ करोड बजेट ल्याउन गाउँपालिकाले निकै मेहनत गरेको अध्यक्ष अर्यालले उल्लेख गरे।

उनले भने “गाउँपालिकाको अथक प्रयासले ठूलो बजेट ल्याउन सफल भयौँ। म सबैलाई धन्यवाद दिन चाहान्छु पहल गर्ने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार बुद्धि जिसीलाई सम्झन चाहन्छु ”।

सिमलटारी दघाँस अर्खाबाङ मोटोरबाटो गाउँपालिकाको केन्द्र अर्खबाङ सम्म पुग्ने सबै भन्दा छोटो बाटो हो।

Awareness by SKF

बजेट विनियोजनले दघाँसवासी खुसी भएका छन्। वर्षामा हिले र हिउँदमा धुलो बाट मुक्ति पाइने अपेक्षा उनीहरुले राखेका छन्। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया