Salime Malika Krishi Farm

Awareness Campaign

‘सरकार, मलाई पढाई दिनुहोस् न!’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: बाल्यावस्था पढ्ने र खेल्ने उमेर हो। हरेक बालबालिकाहरुले यो उमेरमा रमेर पढ्ने वातावरण चाहन्छन्। यही उमेरमा १३ वर्षीय एलिनाको काँधमा ठुलो जिम्मेवारीले घेरेको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ तोलादीकी उनले ३ कक्षासम्म मात्रै पढ्न पाईन्। आफ्नो उमेर समूहका सबै साथीहरु झोलामा किताब लिएर विद्यालय दौडिन्छन् तर बिडम्बना एलिना घरको कामधन्दा र पशुचौपायाको स्याहार सुसारमा लाग्नुपर्ने वाध्यात्मक स्थिति छ।

४ वर्षकै उमेरमा आमा गुमाएकी उनले न आमाको न्यानो माया पाईन् न बाबाको ढाडस् । आमाको मृत्युपछि उनले कहिल्यै राम्रो पारिवारिक वातावरण पाईनन्। बुबाले अर्कै बिहे गरेपछि विचल्लीमा परिन् ।

सिंचाई
Forest
Ad.

‘आमाको सुतेकै बेला घर भत्किएर पुरिँदा मृत्यु भएको रे एलिनाले गहभरी आँसु पार्दै भनिन् : मलाई त अस्पतालमा हुनुहुन्छ भनेर ढाँट्थे, पछि ठुली भएपछि पो थाहा पाए आमाले त छाडेर जानुभएको रहेछ ।’ यति सानो उमेरमा कोही बालकले सघंर्ष गरेको छ भने त्यो केबल एलिनाले गरेकी छिन्।

३ कक्षासम्म सानिआमाले पढाउनुभयो । १ कक्षामा सिलाएको पोशाक ३ कक्षासम्म लगाएँ, त्यसपछि पोशाक किन्न सक्ने अवस्था भएन न त कापि कलम नै अनि पढाई नै छाडिदिए उनले भनिन्।

अहिले उनको बुबा भारतमा छन् । बुढा भएका मावली तर्फका हजुरआमा हुजुरबाको सेवा गरेर बसेकी छिन् । घरमा लिपपोत, घाँस घाट्ने, खाना बनाउने, भाँडा माझ्ने लगायतका काम गरेर उनको दैनिकी चलेको छ । हजुर बा आमाको मृत्यु भयो भने कहाँ बस्ने ठेगान छैन, अझै पढ्ने ठेगान त कसरी होस्।

३ कक्षासम्म एउटै स्कुल ड्रेसले काम चलाएकी उनिसगं त्यसपछि न कसैले सहयोग गरे न ड्रेस किन्ने पैसा भयो न कापी किताब किन्ने पैसा नै । “धेरै पढेर हजुरबुबा आमालाई सेवा गर्ने मन छ उनले भनिन्-तर पढाउने मान्छे को छ र ?” कहिलेकाँही घरमा खाने खर्च नभएपछि मेलापात समेत जाने गरेको पीडा उनले सुनाईन्।

Awareness by SKF

आफुलाई पढ्ने ईच्छा रहेको भन्दै उनले सहयोग गर्न सबैसगं अनुरोध गरेकी छिन् । विद्यालयले किताब निःशुल्क दिने गरेपनि उनीसगं पोशाक र कापी कलम किन्ने पैसा छैन्।

मलाई साह्रै पढ्ने ईच्छा छ कसैले सहयोग गरे पढ्न सक्थेँ, एलिनाले सबैलाई आफुलाई सहयोग गर्न अनुरोध गरिन्।

१२ छोराछोरी जन्माएपनि बुढेसकालमा कसैले नहेरेपछि सहाराविहिन बनेका एलिनाका हजुरबुबा नरबहादुर रानाले नातिनिलाई पढाउने मन भएपनि आर्थिक अवस्था कमजोर हुँदा पीडा खेपेर बस्नुपरेको बताए । पढ्ने उमेरमा हाम्रो सेवा गर्नुपरेको छ उनले भने-स्कुल जान्छु भनिरहन्छे बिहान बेलुका खाने खर्च छैन् यसलाई कसरी पढाउने उनले गुनासो पोखे।

जिटिभी नेपालले उनीसंग गरेको कुराकानी भिडियोमा हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया