Awareness

गुल्मीमा जन्मियो अनौठो बच्चा, पत्रकारले गरे १० हजार सहयोग

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीमा अनौठो बच्चा जन्मिएको छ ।

जिल्लाको ईस्मा गाउँपालिका-३, तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती २७ वर्षीय गोमा नेपालीले आँखा नभएको तथा शरीरमा रातो छाला भएको छोरी जन्माएकी हुन्। नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिएकी हुन्।

Get Vaccinated

अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् । उनलाई हेर्नका लागि घरमा मान्छेहरु जम्मा भएको बताईएको छ।

पहिलो सन्तानको रुपमा जन्मिएकी उनको तौल लिईएको छैन । स्वास्थ्य कर्मीले उनको थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घरमै राखेका छन् ।

नेपाली परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । चालकको काम गर्दै आएका राज कुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गरेका छन्।

यसैबीच उनको अवस्थाको बारेमा थाहा पाएपछि स्थलगत रिपोर्टिङ गर्न पुगेको जिटिभि नेपालले शिशुको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ।

Awareness by SKF

‘परोपकारी पत्रकारिता हाम्रो धर्म’ भन्ने नारा सहित गुल्मीको मुसिकोट नगरपालिकाबाट सञ्चालित जिटिभिको तर्फबाट अध्यक्ष दिपक नेपालीले उक्त सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *