Smoking Causes Cancer

गुल्मीमा जन्मियो अनौठो बच्चा, पत्रकारले गरे १० हजार सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीमा अनौठो बच्चा जन्मिएको छ ।

जिल्लाको ईस्मा गाउँपालिका-३, तोरिपाटा गोडखोलाका राज कुमार नेपालीकी श्रीमती २७ वर्षीय गोमा नेपालीले आँखा नभएको तथा शरीरमा रातो छाला भएको छोरी जन्माएकी हुन्। नेपालीले शनिवार घरमै उक्त शिशुलाई जन्म दिएकी हुन्।

अनौठो बच्चा जन्मिएपछि यतिबेला गाउँले र छरछिमेकी समेत अचम्ममा परेका छन् । उनलाई हेर्नका लागि घरमा मान्छेहरु जम्मा भएको बताईएको छ।

सिंचाई
Forest
Ad.

पहिलो सन्तानको रुपमा जन्मिएकी उनको तौल लिईएको छैन । स्वास्थ्य कर्मीले उनको थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घरमै राखेका छन् ।

नेपाली परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । चालकको काम गर्दै आएका राज कुमारले छोरीको उपचारमा सहयोग गरिदिन सबैसगं अनुरोध गरेका छन्।

यसैबीच उनको अवस्थाको बारेमा थाहा पाएपछि स्थलगत रिपोर्टिङ गर्न पुगेको जिटिभि नेपालले शिशुको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ।

‘परोपकारी पत्रकारिता हाम्रो धर्म’ भन्ने नारा सहित गुल्मीको मुसिकोट नगरपालिकाबाट सञ्चालित जिटिभिको तर्फबाट अध्यक्ष दिपक नेपालीले उक्त सहयोग रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया