Salime Malika Krishi Farm

Awareness Campaign

रावासावा प्राज्ञिक समाज नेपालको अध्यक्षमा साहित्यकार बम बानियाँ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: रावासावा प्राज्ञिक समाज नेपालमा बम बानियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको अध्यक्षमा बम बानियाँ, वरिष्ठ उपाध्यक्षमा सुरेश हाचेकाली, उपाध्यक्षमा चन्द्र रानाहँछा, महासचिवमा भरत लिमेल मगर, सचिवमा श्रीराम राई र कोषाध्यक्षमा यम बास्तोला निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा वरिष्ठ गीतकार वीरेन्द्र राई, अम्बिका राई, महेशकुमार पुरी, कन्काइष्ट राई, रश्मी राई, डि अनुरागी, सोनाम सज्जन किराती र नेचुरल्ली दीपक निर्वाचित भएका छन।

सिंचाई
Forest
Ad.

रावासावा प्राज्ञिक समाज नेपालका भूतपूर्व अध्यक्ष गीतकार, प्राज्ञ टीका चाम्लिङको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता देवराज कटवाल, समाजमा संस्थापक अध्यक्ष डा. विष्णु राई, डा.सुकराज राई, प्राज्ञ शान्तिराम राई, देवराज कटवाल, जगतप्रसाद घिमिरे, पुरस्कार दाताद्वय भक्त राजभण्डारी र कमला राज भण्डारी लगायतका अतिथिहरूकाे उपस्थिति रहेको थियो।

उक्त अवसरमा समाजले चार स्रष्टालाई सम्मान पनि गरेको छ। जसअन्तर्गत वरिष्ठ कवि, नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल र अढाईदेखि बेलायतमा बसेर डायस्पोरिक र नेपाली किराती सांस्कृतिक चेतनाको संयोजनद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउँदै आएका कवि देवेन्द्र खेरेसलाई रावासावा प्राज्ञिक सम्मान-२०७९ बाट सम्मान गरिएको थियो।

त्यस्तै समाजले साहित्यकार प्राज्ञ पञ्चकुमारी परियार र खुक्सङ खम्बुलाई रावासावा कमलाभक्त साहित्य पुरस्कार-२०७९ प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्व परियार र खम्बुलाई जनही २० हजार रुपैया नगद राशि र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा रावासावा प्राज्ञिक समाज, नेपालद्वारा प्रकाशित ‘खोटाङ साहित्यकार कोश’ को लोकार्पण पनि गरिएको थियो। प्राज्ञ टीका चाम्लिङले संरक्षक तथा प्राज्ञ चन्द्र रानाहँछा प्रकाशक व्यवस्थापक रहेको कृतिको सम्पादन वरिष्ठ साहित्यकार नगेन्दराज रेग्मीले गरेका हुन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया