Smoking Causes Cancer

रेसुंगाको नीति: नगरका विद्यार्थी नगरभित्रकै विद्यालयमा टिकाई राख्न प्रोत्साहन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: रेसुंगा नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट ३ दशमलव २ जिपिए भन्दा माथि ल्याउने ९६ जना विद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ।

२०७८ सालको एसइईमा नगरभित्रका विद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा अध्ययन गर्ने ९६ जना बिद्याथीहरुलाई मासिक चार हजारका दरले सम्मान गर्दै चेक हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

रेसुंगा नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत कार्यविधि निर्माण गरी कक्षा ११ मा अध्धयन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र विद्यार्थी टिकाई राख्नका लागि आफूहरुले यस्तो नीति लिइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

यस कार्यक्रमले पछिल्लो समयमा बसाइँ सराइँको दरलाई पनि कम गर्न सक्ने र विद्यालयमा विद्यार्थीको संख्या पनि नघटने बिश्वास नगरले लिएको छ।

नगरप्रमुख पन्थीले नगरपालिका भित्रका विद्यार्थीहरुलाई नगरभित्रै टिकाई राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरले हरदम प्रयास गरिरहेको दाबी गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया