Smoking Causes Cancer

बागलुङमा सुक्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

ढोरपाटन: बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ।

जिल्लाको बरेङ गाउँपालिका-२, हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका-६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो।

पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए। -बाह्रखरी/फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया