Salime Malika Krishi Farm

Awareness Campaign

अज्ञात रोगबाट ग्रसित बडिगाडका सन्देशको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाड गाउँपालिका वडा नं २ दमारका १३ वर्षीय सन्देश बिकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ। जन्मदै शारिरिक रुपमा अशक्त भएर जन्मिएका सन्देश विगत केही वर्षदेखि छाति सुक्ने रोगबाट ग्रसित छन्।

निकै न्यून आर्थिक अवस्था भएका उनको परिवारले उपचारका लागि अस्पताल लैजाने पैसा नभएपछि जिटिभि नेपालको समन्वयमा विभिन्न दाताको सहयोगमा उपचारका लािग आर्थिक सहयोग गरिएको हो।

सन्देश र उनको अवस्थाको बारेमा जिटिभि नेपालबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथामा उनको कथा व्यथा प्रस्तुत गरिएको थियो । उक्त भिडियो हेरेर सयुंक्त राज्य अमेरीकामा रहनुहुने आमा धनमाया राईले १५ हजार रुपैयाँ र छोरी राधिका राईले नगद रु ५ हजार रुपैयाँ आर्थिक सहयोग पठाउनुभएको थियो । जिटिभि नेपाल मार्फत जोडिएर थुप्रै दिन दुःखी तथा असहायहरुलाई विभिन्न चरणमा सहयोग गर्दै आउनुभएका उहाँहरुले अमेरीकाबाट उक्त सहयोग रकम पठाउनुभएको हो।

सिंचाई
Forest
Ad.

उक्त सहयोग रकम जिटिभि नेपालका अध्यक्ष दिपक नेपाली, व्यवस्थापक प्रकाश घिमिरे र सम्पादक सागर भण्डारीले पिडितका बुबा मन बहादुर नेपालीलाई हस्तान्तरण गर्नुभएको हो।

लामो समयदेखि अज्ञात रोगबाट ग्रसित सन्देशलाई उपचारका लागि गाउँपालिका र स्थानीयको समन्वयमा पाल्पाको प्रभास मेडिकल हलमा लगिएपनि त्यहाँबाट ठुलो अस्पतालमा रिफर गरेका थिए । तर आर्थिक अभाव भएपछि छोरालाई फर्काएर घरमै लिएर आएको बुबा मन बहादुरले बताउनुभयो।

सहयोग रकम ग्रहण गर्दै बुबा डम्मरले भन्नुभयो “छोरा रातभरी छट्पटिएको हेरे बस्नु बाहेक अरु कुनै विकल्प छैन, थुप्रै धन पैसा हुँदो हो त उपचारका लागि काठमाण्डौ लग्थे होला । मेरो छोराको दुःख देखेर अमेरीकाबाट सहयोग गर्ने दिदीहरु प्रति धन्यवाद व्यक्त गर्दछु ।” मन बहादुरले अझै धेरै व्यक्तिहरुले सहयोग गरेमा छोराको उपचारमा सहयोग हुने बताउनुभयो ।

४ छोराछोरी मध्ये सबै शारिरिक रुपमा अशक्त जन्मिएपछि परिवारमा विचल्ली भएको छ । मनबहादुर दम्पतीले मेलापात गरेर परिवारको गर्जो चलाउँदै आएका छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया