Awareness

साहित्यिक चौतारी नेपालको नवौँ वार्षिकोत्सव फागुन २७ गते गरिने



Gireeja Kunwar
१ वर्ष अगाडि


Place for ads

साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सब फागुन २७ गते भव्यताको साथमा सम्पन्न गरिने भएको छ।नेपाली साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा क्रियाशील रहदै आएको संस्थाको नवौं वार्षिकोत्सब मनाउने भएको छ।

वार्षिकोत्सबको अवसरमा चौतारी अंक ५ तथा इजरायल शाखा सदस्य सिन्धु पौडेलको कृति `मृत सागरको उचाइबाट´ कविता संग्रह विमोचन,शाखा तथा स्रष्टा सम्मान साथै शाखा प्रतिनिधिहरुको रचना वाचन लगायत अन्य थुप्रै कार्यक्रमहरु तय गरेको छ।

कार्यक्रम मा प्रज्ञाप्रतिष्ठान कुलपति भुपाल राईको प्रमुख आतिथ्यता रहने छ भने अन्य विशिस्ट व्यक्ती हरुको उपस्थित रहने आयोजक संस्था साहित्यिक चौतारी नेपाल केन्द्रीय समितिले जानकारी दिएको छ।

यो खबर सह-सम्पादक गिरीजा कुँवरको सहयोगमा साहित्यिक चौतारी नेपाल कोशी प्रदेश शाखा सचिव श्याम कुमार श्रेष्ठले पठाउनु भएको छ।                                   स्थान:-प्रज्ञाप्रतिष्ठान कमलादी (पारिजात)                     समय:-१२:३० बजे                                                   मिति:-२०७९/११/२७ गते

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया