Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लवद्वारा रुद्रावती बहुमुखी क्याम्पसमा सचेतना कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, वामी: मुसिकोट नगरपालिकामा गत बुधबारमात्र गठन भएको मुसिकोट युवा क्लवले आफ्नो सक्रियता बढाउन थालेको छ। पालिकाका सबै वडाका युवाहरु संगठित भएर गठन गरिएको क्लवले आज एक कार्यक्रमको आयोजना गरी वामीको रुद्रावति बहुमुखि क्याम्पसमा एक दिने प्रजनन स्वास्थ शिक्षा तथा ट्राफिक सचेतना कार्यकम सम्पन्न गरेको हो।

दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणको कार्यक्रमको सहजिकरण गर्दै मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि जिसीले नेपालको संविधानले दिएको गर्भपतनको अधिकारको सहि सदुपयोग गर्न कार्यक्रममा सहभागि विद्यार्थिलाई आग्रह गरेका छन ।

जिसिले संविधानमा १२ हप्तासम्मको गर्भको गर्भपतन गर्न पाउने अधिकार रहेको उहाले उल्लेख गर्दै पछिल्लो समय मुसिकोट सहित देशैभर क्षणभरको रमाईलोको कारण हुने असुरक्षित यौन सम्पर्ककाे कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको भन्दै अधिकार पाएकै भरमा त्यसको गलत प्रयोग गर्न नहुने बताए।

सिंचाई
Forest
Ad.

साथै स्वास्थ्य शाखा प्रमुख जिसिले हिजो मात्र मुसिकोट नगरपालिका ३ बडागाउँकी एक १७ वर्षिय किशोरीले बच्चा जन्माएको बताउदै अझैसम्म पनि २० वर्षभन्दा कम उमेरका किशोरीहरुले बच्चा जन्माउने गरेको तथ्याङ्क मुसिकोट नगरपालिकाभित्र पनि रहेको बताए।

उनले कम उमेर समुहमा बच्चा जन्माउदाँ आमा र बच्चा दुवैलाई खोजिम हुन सक्ने भन्दै उपयुक्त उमेर पुगेपछि मात्र विवाह र यौन सम्पर्क राख्नु प्रर्ने समेत बताए ।

यसैविच दोस्रो चरणको कार्यक्रममा वामी प्रहरी चौकिका ट्राफिक प्रहरी सुनिल थापाले सवारी चालकको कारण मात्रै सवारी दुर्घटना नहुने भन्दै यात्रुपनि त्यसमा जिम्मेवार हुने बताएका छन।

थापाले सडकमा यात्रा गर्दा यात्रुले ट्राफिक चिन्ह, ट्राफिक लाइट, सडक पार गर्दा ध्यान दिनुपर्ने कुराहरुपनि ख्याल गर्नसके मात्र सवारी दुर्घटना कम हुने बताउदै । यात्रुपनि सुरक्षित हुन सक्ने बताए । उनले सवारी चालक बन्न आवश्यक पर्ने कागजात र योग्यता, सड्क अनुशासन, यात्रुसङगको व्यवहार, सवारी प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

Awareness by SKF

कार्यक्रममा क्याम्पसका विद्यार्थी, क्लवका वरिष्ठ उपाध्यक्ष खिमलाल पाण्डे (अनुप), उपाध्यक्ष सपना रायमाझि, क्याम्पसका प्राध्यापक हेमन्त शर्मा लगायतको उपस्थिति रहेको थियो। क्लवका अध्यक्ष बशन्त अधिकारी अध्यक्षता रहेको कार्यक्रमको संचालन भने क्ल्वका महासचिव विष्णुप्रसाद आचार्यले गरेका थिए।

गत बुधबार क्लव गठन गर्ने समयमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने, उद्यमशीलता सिर्जना गर्ने तथा गरिब विपन्न र दिनदुखी तथा समाजमा पिछडिएको वर्गको उत्थानमा क्लवले काम गर्ने महासचिव आचार्यले बताएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया