बागलुङ: जिल्लाको जैमिनी नगरपालिका-४, सर्कुवामा आफ्नै बाबुले दुई बर्षिया नाबालिका छोरीको हत्या गरेका छन्। बुधबार साँझ सर्कुवाका २० बर्षिय सायर दिनले छोरी आरिसा दिनको विभत्स हत्या गरेका हुन।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए। टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा सायर दिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछका क्रममा उनले छोरीको हत्या स्वीकार गरेका छन् । छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई प्रहरीले गाउँमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
बालिका हत्याको बिषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो। बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । सायरले के कारणले छोरीको हत्या गरे भन्ने विषय नखुलेको थापाले बताए। -ढोरपाटन न्यूज डटकम
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







