Salime Malika Krishi Farm

Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्च, अष्ट्रेलियाको अध्यक्षमा लालसिँह खत्री चयन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मेलवर्न: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ जन्मघर भई हाल अष्ट्रेलियामा रही आएका वामीबासीहरुको संस्था वामी विश्व सम्पर्क मन्च अष्ट्रेलियाको पुनर्गठन भएको छ। निवर्तमान अध्यक्ष कवि टंक कंडेल दम्पतीको वैवाहिक वार्षिकोत्सव पारेर सबेरा इन्डियन रेस्टुरेन्टमा भएको भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

अस्ट्रेलियामा रहने वामीवासीहरुको भेलाले अध्यक्षमा लालसिँह खत्रीलाई चयन गरेको छ भने उपाध्यक्षमा राम प्रसाद सापकोटा, सचिवमा प्रकाश सापकोटा, कोषाध्यक्षमा मनुमाया गौतम, सहसचिमा पिताम्बर सापकोटालाई चयन गरेको छ।

जसको सदस्यहरुमा कैलाश सापकोटा, नर बहादुर खत्री, गोविन्द रायमाझी, दिपक सापकोटा, सीता सापकोटा, पूर्ण बहादुर सापकोटा रहेका छन् भने सल्लाहकारहरुमा जनकराज गौतम, टंक कंडेल, लक्ष्मण सापकोटा र शिवलाल सापकोटा चयन भएका छन्। मिडिया तथा प्रेस संयोजकमा अनिश शर्मा गैरेले जिम्मा पाएका छन्।

सिंचाई
Forest
Ad.

भेलाले नयाँ कार्यसमिति चयनसँगै केही महत्वपूर्ण निर्णयहरु पनि गरेको छ। संस्थाको आर्थिक कारोबारलाई चुस्त र पारदर्शी बनाउनको निम्ती अध्यक्ष लालसिंह खत्री, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष मनुमाया गौतमको गरी संयुक्त बैंक खाता खोल्ने निर्णय भएको छ। त्यस्तैगरी संस्थाको नयाँ वेबसाइट खोल्ने निर्णय पनि भएको सचिव प्रकाश सापकोटाले जानकारी दिए।

स्थानिय कानुनी मापदण्ड अनुसार संस्थालाई आधिकारिक रूपमा राज्यमा दर्ता गरेर संस्थालाई थप उन्नत तथा पारदर्शी बनाउने गरी अत्यन्तै सह्रानीय कदम लिएको अष्ट्रेलिया शाखाको दुरदर्शिताको प्रशंसा गर्दै संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार रहनुभएका सम्मानित व्यक्तित्व जनकराज गौतमले शुभकामना व्यक्त गर्नु भएको थियो। एवम् निवर्तमान अध्यक्ष टंक कंडेलले बोल्ने क्रममा केही दुरदर्शी विचार व्यक्त गर्नुभयो।

Awareness by SKF

‘अष्ट्रेलियामा रहेका सबै वामेलीहरु एउटै प्लटमा लहरै घर बनाएर रिटायर्ड जीवनमा सबै सँगै हुनेगरी बसोबास थालनी गरौँ। हाम्रो सर्वाङ्गिण हितमा आधुनिक युगमा पनि कुनै एउटा समुदायको संयुक्त बस्तीको सन्देश विश्वमा फैलाउँ।’ उहाँले थप्नुभयो, ‘जतिपनि अष्ट्रेलियामा वामेलीहरुका सन्तान छन्। सबै अटाउने हाम्रो साझा वेबसाइट निर्माण गरौँ र सयौँ वर्ष पछिको पुस्ताले पनि वामीको मौलिक संस्कृती र नेपाली परम्परा नबिर्सोस्।’

वामी विश्व सम्पर्क मञ्च अंतरराष्ट्रीय समन्वय समितिका प्रवक्ता भन्छन्, ‘मानव सेवामा समर्पित वामेलीहरुको साझा छाता संस्था वामी विश्व सम्पर्क मञ्चको अष्ट्रेलिया शाखाले जन्मभूमीका लागि अत्यन्तै प्रसंसनिय कर्महरु गर्दै आएको छ। केहिदिन पहिले मात्र वामेली छोरी हिरा रायमाझी बचाऔँ अभियानमा जोडिने क्रमको अवसर पारेर संस्थालाई थप गति दिने हेतुले उहाँहरुले गर्नुभएको यो बैठक र शाखा पुनर्गठन/संस्था पुनर्ताजगी गर्नुभएको खबरले वामी-विश्व सम्पर्क मञ्च अत्यन्तै गदगद् र गौरवान्वित भएको छ।

नेपाली परिकारहरुको स्वाद लिदै उपस्थित दर्जनौँ वामेलीहरुले रम्न पाउने वातावरण सिर्जना गरेर सबै वामेलीहरुको सत्कार गर्ने कंडेल परिवारलाई सबैले धन्यवाद ज्ञापन गर्नुभएको थियो। वैवाहिक वार्षिकोत्सवको सहस्र शुभेच्छा प्रकट गर्नुभएको थियो। कंडेलले पहिलेका बैठकहरुमा यसै रेस्टुरेन्टमा निमन्त्रणा गरेर अतिथि सत्कार गर्दै आउनु भएको थियो।

वामी विश्व सम्पर्क मञ्च अष्ट्रेलियाले स्थापना कालदेखि नै स्वदेश तथा विदेशमा रहेका वामीबासीहरुलाई आपतविपदमा सहयोग गर्ने देखि गाँउबासीको एकताको निम्ती महत्वपूर्ण कामहरु गर्दै आएको छ।

निवर्तमान अध्यक्ष टंक कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भिक्टोरियामा रहेका वामीबासी उपस्थित रहेका थिए भने भिक्टोरिया बाहिर रहेका वामीबासीहरुले अनलाइन मार्फत उपस्थिती जनाएका थिए।

यो समाचार  नौमती सांस्कृतिक समितिका महासचिव हेमनाथ खराल र नवगठित वामी-विश्व सम्पर्क मञ्च, अस्ट्रेलियाका मिडिया तथा प्रेस संयोजक अनिश शर्मा गैरेको सहयोगमा तयार पारिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया