अनिश पाठक, बागलुङ: बडिगाड गाँउपालिका-२, कोलबोटकी एक महिलाले गएराति घरमै झुण्डिएर आत्महत्या गरेकि छिन।
२८ वर्षिय कोपिला रानाले आफ्नै घरमा सलले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीचौकि खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक चिरञ्जिवी अधिकारीले जानकारी दिए।
हिजो साँझ खानाखाने बेलामा श्रीमती घरको उपल्लो तलामा गएर एक्लै सुतेको बताउदै श्रीमान राम बहादुर रानाले बिहान आफु काममा जाने बेला सम्म पनि कोठाको ढोका नखोलेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए।
जानकारीपछि प्रहरी घटनास्थल पुगेर ढोका खोलेर हेर्दा कोपिला कोठामै झुण्डिएको अवस्थामा फेला परेकी हुन। कोपिलाका ९ वर्षिय छोरा र ५ वर्षिय छोरी रहेका छन। -रेडियो सारथी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







