सागर भण्डारी, गुल्मी: होटल व्यवसायी मञ्च मुसिकोट शाखाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। शनिवार होटल दरबारमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ।
आगामी ३ वर्षका लागि गठित समितिको अध्यक्षमा विवेक काफ्ले, उपाध्यक्षहरुमा रामचन्द्र सापकोटा र छवि खरेल, सचिव अनुप पाण्डे, सहसचिव मिलन श्रेष्ठ र कोषाध्यक्षमा अशोक सापकोटा चयन हुनुभएको छ । सदस्यहरु भने पछि चयन गरिने बताईएको छ।
अधिवेशनमा बोल्दै होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जगं बहादुर कुँवरले राज्यले होटल व्यवसायीसगं चर्को कर असुल्ने तर सेवा सुविधा दिन भने कञ्जुस्याँई गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले अस्पतालजस्तै होटल व्यवसायहरु पनि सवेंदनशील क्षेत्र भएकाले हेलचेक्राई नगर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध समेत गर्नुभयो।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष फुल प्रसाद सापकोटाले २०७४ सालमा गठन भएको मञ्चमा हालसम्म नगरपालिका भरबाट ३६ वटा होटल व्यवसाय दर्ता भएको जानकारी दिनुभयो । त्यस्तै उहाले मञ्चले होटल व्यवसायीहरुका हकहीतका सम्बन्धमा आवाज उठाउनुका साथै नगरपालिकासगं विभिन्न समयमा ज्ञापनपत्र बुझाउँदै खानेपानी, सडक र फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएको बताउनुभयो । यो बाहेक विभिन्न प्राकृतिक विपत्तिमा राहत रकम उपलब्ध गराई सामाजिक दायित्व समेत निर्वाह गर्दै आईरहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल, व्यवसायी रामहरी सापकोटा, वामी श्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति टकंनाथ भण्डारी, ग्लोबल आईएमई बैकं वामी शाखा प्रबन्धक विष्णु कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सदस्य अनुप पाण्डेको स्वागत मन्तव्य रहेको खुल्ला सत्र कार्यक्रमको सञ्चालन सचिव विवेक काफ्लेले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न वडामा रहेका होटल व्यवसायी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बैकं तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










