Hi-Speed Computer

Awareness Campaign

सवारी दुर्घटना कम गर्न सडकमै ट्राफिक सचेतना कक्षा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: बिहिवार महेन्द्र आदर्श माध्यमिक विद्यालयका एक हुल विद्यार्थी रुद्रवेणी वामीटक्सार बाटो भएर घर फर्किँदै थिए। विद्यालय विदा भएपछि घर फर्किँदै गरेका उनीहरुलाई वामी प्रहरी चौकीका ट्राफिक सुनिल थापाले रोकेर ट्राफिक सचेतना कक्षा दिन थाले।

सडकमा हिँड्दा ख्याल गर्नुपर्ने कुरा सहित समग्र सडक सुरक्षा र ट्राफिक सचेतनाका विषयमा थापाले झण्डै १० मिनेट विद्यार्थीहरुलाई विभिन्न सचेतना प्रदान गरे । विद्यार्थीहरु पनि खुबै चाख मानेर थापाका कुरा सुन्दै थिए।

ट्राफिक प्रहरी थापाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम विभिन्न समयमा गर्दै आएका छन् । चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्ष गर्दै विभिन्न समयमा ट्राफिक सचेतना प्रदान गर्दै आईरहेको थापाले बताए।

Forest
Forest
Ad.

सडकमा आउने चालक सहचालकलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिने गरेको थापाले जानकारी दिए । त्यसैगरी तिब्र गतिमा नहाँक्न, क्षमताभन्दा बढी भार नबोक्न, यात्रु नचढाउन र दुर्घटना हुनबाट सँधै सचेत रहन ओभरटेक नगर्न चालकहरुलाई प्रशिक्षण दिने गरिएको थापाको भनाई छ ।

थापाले यस अगाडी मुसिकोट नगरपालिका वडा नं -३ मा रहेको पृथ्वी मा.वि र वडा नं-७ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा रहेका शिक्षक तथा विद्यार्थीलाई समेत ट्राफिक सचेतना कक्षा दिएका थिए।

“ट्राफिक सचेतनाका विषयमा चालक र सहचालक मात्रै जानकार भएर हुँदैन्, आम सरोकारवाला सबैले यो कुरा जान्न सकेमा बल्ल दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, थापाले भने, ‘त्यसैले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई सचेतना कक्षा दिने गरेका छौँ।” जिम्मेवार व्यक्तिहरु सबैले आआफ्नो कर्तव्य पुरा गर्न सके ट्राफिक दुर्घटना आफै कम हुने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया