Salime Malika Krishi Farm

Awareness Campaign

सत्यवतीमा १० माउ बाख्रा पाल्ने किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकाकाले १० वटा माउ बाख्रा पाल्ने किसानलाई २५ हजार अनुदान दिने भएको छ।

गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।

गाउँपालिकालाई मासु निर्यात गर्न सक्ने बनाउने उदेश्यले यो कार्यक्रमलाई अगाडि बढाईएको अध्यक्ष पाण्डेले उल्लेख गरे ।

सिंचाई
Forest
Ad.

किसानलाई आत्मनिर्भर मात्रै नभई उद्यमी बनाउने र रोजगारीको अवसर सिर्जना गर्ने अभिप्रायले प्रशिक्षण सहित अनुदानको कार्यक्रम गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।

३० जना किसानलाई फागुन १० गते देखि १२ गते सम्म पशु पालन तथा पशु आहार विज्ञ तुल्सिराम भण्डारीले प्रशिक्षण दिइएका हुन । बाख्रा कसरी पाल्ने,खोर कस्तो बनाउने,कुन मौसममा कस्तो घाँस लगाउने तथा पोसिलो आहाराको बारेमा प्रशिक्षण दिईएको हो । ३० जना किसानहरुलाई सत्यवती गाउँपालिकाका उत्कृष्ट २ वटा फर्मको स्थलगत भ्रमण समेत गराईएको थियो ।

त्यस्तै किसानले खोर बनाईसके पछि अनुगमन गरेर नगद अनुदान दिने गाउँपालिकाकाले जनाएको छ ।

प्रशिक्षण सहित अनुदान पाउने भएपछि किसान खुसि भएका छन् भने यता गाउँपालिकाले पनि अनुदानको सहि सदुपयोग हुने अपेक्षा राखेको छ । साथै उत्कृष्ट किसानलाई अर्को वर्ष पुरस्कृत गर्ने जस्ता योजना समेत गाउँपालिकाले अघि बढाएको छ।

Awareness by SKF

सत्यवती गाउँपालिका मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा भैइसकेको छ । भने त्यहाँका किसानले व्यक्तिगत फम संगै ४० वटा बाख्रापालन समुह बनाएर बाख्रा पालिरहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया