Salime Malika Krishi Farm

Awareness Campaign

बजेट अभावको चपेटामा गुल्मीको खेलकुद



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: सदरमुकाम तम्घासमा हिजोदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ। पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ।

यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन्। जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन्। गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छ। भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै छ।

पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ । वर्षभरमा समितिले एक वा दुई यस्तै खेलाडीको छनोट गर्नेबाहेक अन्य भूमिका पाउन सकेको छैन् । यो भूमिकालाई पनि व्यवस्थित गरेर लैजान समितिसँग बजेट नभएपछि समस्या हुँदै गएको छ।

सिंचाई
Forest
Ad.

बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरुले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताउनुभयो । “जिल्लास्तरीय छनोटमा पनि बजेटको आकार कमजोर छ”, पत्रकार सम्मेलनमा विकले भन्नुभयो, “केन्द्र, प्रदेश र पाल्पा हुँदै तम्घास सम्म आउने बजेटले हामीलाई पुग्दैन”, जिल्लामा यस छनोट प्रतियोगिताका लागि केन्द्रले साढे चार लाख विनियोजन गरेको छ । जुन रकम प्रदेश हुँदै कार्यालयले पाल्पाबाट मात्र भुक्तानी पाउने गरेको छ।

बजेट अभावको कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । आफूहरुसँग पर्याप्त रकम नहुँदा सामान्यरुपमा छनोट गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताउनुभयो । “बजेटको चपेटामा खेलकुद क्षेत्र छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकासँग बजेट छ, सहयोग गर्नुपर्यो।” स्थानीय तहहरुले आफ्नो तहबाट छनोट गरेर जिल्लासम्मको खर्च बेहोर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाको व्यवस्थापन र प्रदेशसम्मको खर्च बेहोर्दै आएको छ।

गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको नौ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको नौ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । साढे चार लाख बाहेकको बजेट भाडाबाट उठ्ने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ। यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पुरा गर्ने बताउनुभयो । “खेल क्षेत्र राज्यको उपेक्षामा छ, बजेट अभावले खेलकुद चपेटामा छ”, उहाँले भन्नुभयो, “जसोतसो आर्थिक व्यवस्थापन गरेर जिम्मेवारी पूरा गर्छौं। ”

Awareness by SKF

स्थानीय पालिकाबाट रु ५०/५० हजार सहयोग भएमा आफूहरुले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ। बुधबार तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटको लागि तयारी पूरा भएको बताएको थियो। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया