सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्कोट पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको श्रीमतभागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन मात्रै ४६ लाख रुपैयाँ चन्दा सकंलन भएको छ।
विद्यालयको शैक्षिक गुणस्तर स्तरवृद्धि गर्ने र माध्यमिक तह सञ्चालन गर्ने प्रमुख उद्धेश्य सहित सञ्चालित महायज्ञमा विभिन्न दानविर व्यक्तिहरुबाट महायज्ञको दोश्रो दिन बुधबार मात्रै ४५ लाख ४९ हजार रुपैयाँ आर्थिक सहयोग सकंलन भएको लेखा समिति सयोंजक डिल्लीराज खरेलले जानकारी दिनुभयो । त्यस्तै अहिलेसम्म २ सय ४० मुरी धान सकंंलन भएको खाद्यान्न विभाग संयोजक द्रोण प्रसाद सापकोटाले जानकारी दिनुभयो।
दोश्रो दिन मुसिकोट ९ पाँणथोक निवासी बलिभद्र सापकोटा र खगीकला सापकोटाका ४ भाई छोराहरुले नगद ३० लाख २६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै मुसिकोट न.पा ९ लामाखेत जन्म घर भै भरतपुर महानगरपालिका -५ चितवन निवासी कर्मथलो अस्ट्रेलिया बनाउनुभएका मणिरत्न सापकोटा एवम् उहाँको परिवारबाट ७ लाख ५७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग भएको सचिवालय सदस्य रामकृष्ण कडेंलले जानकारी दिनुभयो ।
विद्यालयले राखेको उद्धेश्य बमोजिम अहिले अर्लाङ्कोट जन्म भई हाल रोजगारीको शिलशिलामा देश तथा विदेशमा रहनुभएका महानुभाव र महायज्ञमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुबाट सहयोग सकंलन धमाधम भईरहेको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो । यसरी सहयोगीदाताहरुको लर्को देख्दा महोत्सव सफल हुने र विद्यालयले राखेको उद्धेश्य पुरा हुने विश्वास पुरा भएको उहाँको भनाई छ ।
महायज्ञको दोश्रो दिन मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलको प्रमुख आतिथ्यता रहेको थियो । महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, प्रतिष्ठित कथाकार चेतराज कण्डेलको प्रमुख कथा वाचन एवम् पण्डित पूणर्भद्र गौतमज्यूको यज्ञाचार्यत्व रहेको छ । त्यस्तै भजन कृतन, पुजा पाठ, पारायण, चन्दादाता सम्मान लगायतका कार्यक्रमहरु पनि सम्पन्न भएका छन् ।
विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुसगं थालिएको सहयोग सकंलन अभियानमा अहिलेसम्म झण्डै डेढ करोड रुपैँया सहयोग सकंलन भएको आर्थिक समिति सयोंजक विश्वनाथ सापकोटाले बताउनुभयो ।
अझै पनि विभिन्न ठाउँबाट सहयोगी महानुभावहरु जोडिने क्रम जारी रहेकाले उद्धेश्य बमोजिम आर्थिक सकंलन हुने कुरामा आफुहरु विश्वस्त रहेको उहाँको भनाई छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










