Salime Malika Krishi Farm

Awareness Campaign

पूर्वाधारले सिँगारिएको मुसिकोट दरबार क्षेत्रमा सरसफाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: पछिल्लो समय पूर्वाधारले सिँगारिएको बाईसे चौबिसे राज्य कालको ऐतिहासिक मुसिकोट दरबार परिसरमा सरसफाई गरिएको छ।

मुसिकोट वडा नं २ वडा कार्यालयको आयोजनामा सार्वजनिक बिदाको दिन पारेर सरसफाई गरिएको वडाअध्यक्ष रविन्द्र केसीले जानकारी दिनुभयो।

वडाध्यक्ष केसीसंगै वडासदस्य देव बहादुर रायमाझी, वडासचिव दाम बहादुर सोमै, कोट व्यवस्थापन समितिका अध्यक्ष पदम सिहं ठकुरी, जनप्रतिनिधि र स्थानीय लगायतको समुहले मन्दिर वरिपरि सरसफाई गरेको हो।

सिंचाई
Forest
Ad.

मन्दिर वरिपरि स्वच्छ सफा र हराभरा राख्न सरसफाई गरिएको हो । वडा कार्यालयले केही समय अगाडी मन्दिर परिसर क्षेत्रमा वृक्षरोपण समेत गरेको थियो । मुसिकोट नगरपालिकाको वडा नम्बर-२ मा रहेको मुसिकोट दरबारलाई गौरवको योजनाका रूपमा ११ करोड लागतको डीपीआर तयारी गरी त्यस दरबारमा आकर्षक संरचनाहरू निर्माण भईरहेको छ।

पदमार्गमा मेसेनरी वाल-पर्खाल, नाली, ढुङ्गा सोलिङ्ग छपाई, गरी तल मैदानदेखि दरबारसम्म जाने आकर्षक रेलिङ्ग निर्माण गरिएको छ । त्यस्तै त्यस कोटका पूजारी र अन्य भक्तजनकहरूका लागि शौचालयसहित आवासगृह समेत निर्माण गरिएको छ।

त्यस्तै पदमार्गमा ट्रस र प्रवेशद्धार समेत निर्माण सम्पन्न भएको छ । मुसिकोट नगरपालिकाको नामाकरण समेत यसै कोटबाट गरिएको हो । सदियौंदेखि ऐतिहासिक र यस भेगकै सबैभन्दा ठुलो शक्तिपिठ रहेकोले मुसिकोट नगरपालिकाले पर्यटकीय स्थलका रूपमा विकास गर्न लागेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया