Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: स्थानीय सरकार गठन भएको झण्डै साढे पाँच वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गर्न थालेको छ। बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गर्न थालिएको हो।

नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ अनुसार मुसिकोटले नगर प्रहरी भर्नाका लागि लागि दरखास्त आह्वान गरेको छ। मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरका अनुसार पहिलो चरणमा नगरपालिकाले पाँच जना नगर प्रहरी भर्ना गर्दैछ। जसमध्ये एकजना नगर प्रहरी सहायक निरिक्षक र ४ जना नगर प्रहरी जवान रहनेछन्। नगरवासीको शान्ति सुरक्षा र अपराधका घटना न्यूनीकरण र नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने सोच स्वरुप नगर प्रहरीको भर्ना गर्न लागिएको हो।

नगरपालिकाले ८ फाल्गुणदेखि १५ दिने सूचना प्रकाशित गरेको छ । नगरभित्र कुनै अभियोग नलागेका कानूनले अयोग्य ठहर नगरेका विपन्न बेरोजगार युवाहरूलाई समेत प्राथमिकता दिइने छ ।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलका अनुसार नगर प्रहरी कार्यविधिले ३५ बुँदामा रहेर उनीहरुको काम, कर्तव्य तोकेको छ । नगरका नीति, कानुन मापदण्ड कार्यान्वयन गर्र्ने, नगरको सम्पति र सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, स्थानीय स्तरमा हुने मेला, महोत्सव तथा चाडपर्वमा सुरक्षा व्यवस्था, प्राकृतिक, सांस्कृतिक सम्पदा र गौरवका योजनाको संरक्षण, सार्वजनिक जग्ग्गा अतिक्रमण, विपद व्यवस्थापनमा खोजी, राहत तथा पुर्नस्थापना र नगर सरसफाइ व्यवस्थापन लगायत शान्ति सुरक्षाका काम नगर प्रहरीले गर्ने उहाँको भनाई छ ।

नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । नगर प्रहरीको पारिश्रमिक नगरपालिकाले तोकेबमोजिम हुनेछ । भने, सेवा निवृत्त भूतपूर्व प्रहरी कर्मचारीले पनि नगर प्रहरीका लागि आवेदन दिन सक्ने छन् ।

नगर प्रहरी भर्ना गर्ने पाँचौ पालिका

गुल्मीमा नगर प्रहरी भर्ना गर्ने मुसिकोट नगरपालिका पाँचौ नगरपालिका बन्ने भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये चार स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले पाँचजना नगरप्रहरी नियुक्त गरेको छ । त्यस्तै रेसुगां नगरपालिकाले सातजना नगरप्रहरी नियुक्त गरेको छ । इस्मा गाउँपालिका र मालिका गाउँपालिकाले पनि नगर प्रहरी भर्ना गरिसकेका छन् ।

Awareness by SKF

संविधानले स्थानीय सरकारलाई आवश्यकता अनुसार प्रहरी भर्ना गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि ८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११(२) मा नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरीसम्बन्धी नीति, कानुन र मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ । संविधानले दिएको सोही अधिकारमा टेकेर स्थानीय सरकारले गाउँ तथा नगर प्रहरी सञ्चालनसम्बन्धी ऐन-कार्यविधि निर्माण गरी काम गरिरहेका छन् ।

मुसिकोट नगरपालिकाको नगर प्रहरी भर्ना सम्बन्धी सुचना हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया