Awareness

गुल्मीमा आगोमा जलेर एक वृद्धाको मृत्यु

खबर

Place for ads

 गुल्मी: गुल्मीमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए।

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार बिहान आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो।

Get Vaccinated

आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *