Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाद्वारा चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ। नगरपालिका मार्फत चालु आर्थिक वर्षको ६ महिनामा भए गरेका क्रियाकलाप र सम्पादित कामकार्यको समिक्षा गरिएको हो।

नगरप्रमुख जीवन खरेलको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा विभिन्न शाखागत रुपमा कार्यप्रगतीको अवस्थाबारे जानकारी गराईएको थियो भने शाखागत प्रस्तुतीकरण पछि छलफल समेत गरिएको थियो।

६ महिनाको अवधिमा समग्र नगरको विनियोजित बजेट मध्ये कार्यान्वयनको अवस्था कुल बजेटको २५.३१ प्रतिशत रहेको आर्थिक प्रशासन शाखा प्रमुख बालकृष्ण गौतमले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षदेखि नगरपालिकाले विद्युतिय भुक्तानी प्रणाली समेत सुरु गरेको बताउनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा योजना शाखा प्रमुख प्रकाश घिमिरेले चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत २४९, बहुवर्षीय योजना अन्तर्गत ५ वटा, टेण्डर मार्फत १० वटा, शीलबन्दी दरभाउपत्र मार्फत ३ वटा र सोझै खरिद विधिवाट ७ वटा योजना सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले आन्तरिक नियन्त्रण प्रणाली नहुनु, योजनाहरुको प्राथमिकीकरण नहुनु, आयोजना बैकं र नगर प्रोफाईल नहुँदा योजनाहरुको कार्यान्वयन र छनौटमा समस्या हुने गरेको बताउनुभयो।

प्रशासन शाखा प्रमुख मुना ज्ञवालीले चालु आर्थिक वर्षमा १ हजार १ सय १२ व्यक्तिगत घटना दर्ता भएको बताउँदै समयमा कर्मचारी पदपूर्ति नहुनु, राजश्व बाँडफाँडबाट प्राप्त रकम अपुग र आन्तरिक राजश्व समेत अनुमान गरे बमोजिम नहुनु र प्रयाप्त भौतिक संरचना नहुनु जस्ता समस्याहरु खेप्दै आउनुपरेको बताउनुभयो ।

सो अवसरमा शिक्षा शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा अधिकृत प्रकाश नेपालीले चालु आर्थिक वर्षमा प्रावि करार शिक्षक १३, निमावि करार २, मावि करार ३ र लेखापाल १ जना नियुक्ति गरिएको जानकारी दिनुभयो । त्यस्तै स्थायी शिक्षक पदस्थापन मावि तर्फ ४ जना, निमावि तर्फ ९ जना स्थायी शिक्षकको पदस्थापन गरिएको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, कृषि शाखाको प्रतिवेदन कृषि अधिकृत जनक पौडेल, रोजगार शाखाको प्रतिवेदन रोजगार सहायक झरना मरासिनी, वडा नं १ को प्रतिवेदन वडासचिव हेमकला पौड्याल, वडा नं २,३ र ४ को वडासचिव दाम बहादुर सोमै, वडा नं ५,६ र ७ नं वडाको वडासचिव सुमन खरेल र वडा नं ८ र ९ को वडासचिव सुवास सुनारले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

Awareness by SKF

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष शकंर बहादुर रायमाझीले नगरपालिकाबाट खरिद हुने कृषिजन्य तथा औषधीजन्य सामाग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

समिक्षामा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विनोद कुँवरले पूँजीगत खर्चमा गतवर्ष भन्दा सुधार देखिएको भन्दै आगामी वर्षदेखि त्रैमासिक लक्ष्य किटान गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक कर्मचारीको करार दरबन्दीबाट परिपूर्ति गरेपनि प्रशाशनीक कर्मचारीको भने चरम अचाव रहेको बताउनुभयो।

समिक्षामा नगरप्रमुख जीवन खरेलले आफुहरु निर्वाचित भएपश्चात पहिलो कार्यकाल, निर्वाचन लगायतका कारण ३ महिना उल्लेख्य कार्य गर्न नसकेपनि प्रगती भने सन्तोषजनक रहेको बताउनुभयो । त्यस्तै उहाँले कर्मचारीले आफ्नो कार्यकुशलता प्रदर्शन गर्न आग्रह गर्दै वडा तहमा योजना तर्जुमा गोष्ठीको आयोजना गरी आगामी आर्थिक वर्षबाट योजनाको प्राथमिकीकरण गरेर अगाडी बढ्ने धारणा राख्नुभयो।

कार्यक्रममा नगरउपप्रमुख गंगा श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयत समितिका प्रमुख तथा प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया